दक्षिणी क्षेत्रका तीन स्थानीय तहको दुई करोड लगानीमा अक्सिजन प्लान्ट सञ्चालन

Amity

महेन्द्रनगर । बेलौरी नगरपालिकामा बि.पि.एल.अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । श्रीपुर स्वास्थ्य केन्द्र स्थित कञ्चनपुरका ३ वटा स्थानीय तह बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त लगानिमा शुक्रबार देखी बि.पि.एल.अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।

बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरीले बि.पि.एल.अक्सिजन प्लान्ट सञ्चालनमा आएकोले दक्षिणि क्षेत्रका नागरिकले अक्जिनको अभावले ज्यान गुमाउनु पर्ने अवस्था अन्त्य भएको बताए ।

janjyoti campus

प्लान्टको बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको एक टोलीले अनुगमन समेत गरेको छ ।

प्लान्टको कुल लागत रु २ करोड रहेको बेलौरी नगरपालिकाका सिनियर अहेव मान बहादुर चन्दले बताए । लालझाडी गाउँपालिकाको ३५ लाख, पुनर्वास नगरपालिकाको ६५ लाख र बेलौरी नगरपालिकाको १ करोड लागतमा बि.पि.एल.अक्सिजन प्लान्ट सञ्चालनमा आएको चन्दले बताए ।

२४ घण्टामा ७० सिलिन्डर उत्पादन क्षमता प्लान्टको रहेको छ । साझेदार पालिकाकालागि प्रती सिलिन्डर रिपिल वापत ६ सय र वाह्य सघं सस्थाा र ब्यापारीकाका लागी रिफिल गराउदा प्रति सिलिन्डर ७ सय रकम निर्धारण गरिएको छ ।

ghar sansar
सम्बन्धित
Loading...