ghar sansar

दोधारा चाँदनीमा अनाथ बालबालिकालाई वास नेपालको सहयोग

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका पाँच अनाथ बालबालिकाले आर्थिक सहयोग पाएका छन् । बागेश्वरी असल शासन युवा क्लव (बास) ले ७, ८ र १० नम्बर वडाका उनीहरुलाई पाँच÷पाँच हजार सहयोग गरेको छ ।

dirghayi clinic

बागेश्वरी असल शासन युवा क्लव (बास) दोधारा चाँदनीका अध्यक्ष दुर्गा बडुवालका अनुसार सहयोगमा पाउनेमा वडा नं. ७ का संगम रजाली मगर, वडा नं. ८ का बिरेन्द्र राना मगर, वडा नं. १० का पुष्पा सुनार, पुष्पा सुनार र धरबिर सुनार छन् । उनीहरु सबै अनाथ बालबालिका छन् ।

आमा बुवा नभएपछि आफन्तको आश्रयम बस्दै आएका उनीहरुलाई पढाईमा सहयोगका लागि रकम दिइएको छ । उनीहरुलाई उनकै घरमा गएर रकम हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा देबी जोशी, वडा अध्यक्ष ओंम प्रकाश रोकाया, चन्द्र बहादुर सिंह, कार्यवाहक अध्यक्ष संदिप उपाध्याय, बागेश्वरी असल शासन युवा क्लव (बास) दोधारा चाँदनीका अध्यक्ष दुर्गा बडुवाल, बागेश्वरी असल शासन युवा क्लव (बास) का सञ्जु नेपाली लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...