महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दशैँ र तिहारलाई लक्षित गरेर दुई दिन मदिरा बेचबिखनमा रोक लगाएको छ ।
चाडपर्वका बेला मदिरा सेवन गरी हुने शान्ति सुरक्षालाई खलल पुगाउने गतिविधि रोक्न सर्वपक्षीय बैठकले बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए ।
‘दशैँमा एक दिन नवमीदेखि दशैँको टीकासम्म २४ घण्टा मदिरा बिक्रि वितरणमा रोक लगाएका छौ ’उनले भने– ‘तिहारमा पनि एक दिन मदिरा बिक्रि वितरणमा रोक लगाएका छौ ।’
चाडपर्वका बेला मदिरा बिक्री–वितरण र सेवनले समाजमा अशान्ति मच्चाउने, झै–झगडा हुने र दुर्घटना निम्तिने लगायतका घटना हुने भएकाले यसको न्युनिकरणका लागि प्रशासनले सर्वपक्षिय बैठकबाट दुई दिन मदिरा बिक्रि वितरणमा रोक लगाउने निर्णय गरेको उनले बताए ।