बेदकोटको सार्की पार्टी टोलका बाढी पीडितलाई सहयोग

महेन्द्रनगर । बेदकोट नगरपालिका ४ स्थि सार्की पार्टी टोलका बाढी पीडित परिवारले सहयोग पाएका छन् । गैर सरकारी संस्था द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रले टोलका १६ परिवारलाई ५५ हजार सहयोग गरेको हो ।

संस्थाले नागरिक आवाज काठमाडौंको साझेदारीमा दशैंका लागि सहयोग गरिएको छ । गत महिना चौधरी नदीमा बाढीले सार्की पार्की टोलका वासिन्दाका घरबार, लत्ता कपडा र खाद्यान्न बगाएको थियो । बाढीबाट पीडित ती परिवारलाई सहयोग गरिएको छ ।

संस्थाका अध्यक्ष बोहराले दशैं मनाउन पीडित परिवारलाई सहयोग गरिएको बताइन् । बेदकाट नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र बोहराले ती परिवारलाई सहयोगका लागि आग्रह गरेका थिए । अध्यक्षको आग्रहपछि संस्थाले सहयोग गरेको छ ।

कार्यक्रममा वडा अध्यक्ष बोहरा सहित संस्थाका पदाधिकारी सहभागी भएको कार्यक्रम संयोजक डम्बरी विष्ट कुँबरले जानकारी दिएकी छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.