कञ्चनपुर २ मा एनपी साउँद जिताउन काँग्रेस नेता गुरुङ्ग घरदैलोमा 

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता गोपाल सिह गुरुङ्गले कञ्चनपुर क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार एनपी साउँदलाई जिताउन घरदैलो अभियान गरेका छन् ।  उनी साउँदलाई जिताउन चम्फापुर, बाणी, गुलरिया र कलुवापुर क्षेत्रमा स्थानीयसित साउँदलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।

काँग्रेस कञ्चनपुरका पूर्व उप सभापति गुरुङ्ग अघिल्लो निर्वाचनमा निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्य चुनाव लडेका थिए । उनी तत्कालिन वाम गठबन्धनका उम्मेदवार तारालामा तामाङ्गसित पराजित भएका थिए । यस पटक उनी उम्मेदवार नभएर नेताहरुलाई चुनाव जिताउन लागेका छन् ।

काँग्रेसका संस्थापन इतरका गुरुङ्ग १४ आंै महाधिवेशनपछि काँग्रेस संस्थापनमा आएका छन् । उनी केही महिना अघि काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसित उनको निर्वाचन क्षेत्र नं. ३ मा सक्रिय भएर भेटघाटमा सहभागी भएका
थिए । अहिले उनी साउँदको निर्वाचन क्षेत्रमा गएर चुनावी प्रचारमा लागेका छन् ।

आदिवासी जनजाति समुदायमा नेता गुरुङ्गको पकड बलियो छ । काँग्रेसमा उनले सरल, इमान्दार, प्रष्ट वक्ता र सबैसित घुलमिल गर्न सक्ने नेताका पहिचान बनाएका छन् ।

Sisu
सम्बन्धित
Loading...