राप्रपाका नेता पूर्व साँसद खत्रीले दिए सत्तारुढ गठबन्धनलाई कायरताको संज्ञा, भन्छन्– सत्ता सत्ता प्राप्ति बाहेक अर्को लक्ष्य छैन

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राष्ट्रिय पञ्चायत सदस्य इन्द्र बहादुर खत्रीले गठबन्धन गरी चुनाव लड्नलाई कायरता भएको बताएका छन् । उनले अहिलेको सत्तारुढ गठबन्धनलाई कायरताको संज्ञा दिए ।

‘गठबन्धनको भनेको कायरता हो, यसको लक्ष्य उद्देश्य सत्ता प्राप्ति बाहेक केही छैन’ सोमबार आफ्नै दोधारा चाँदनीस्थित निवासमा उनले भने, ‘चुनाव जितेर गए पनि यसको केही अर्थ हुँदैन ।’

janjyoti campus

सत्तारुढ काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहित दलहरुले बनाएको गठबन्धनसित राजनीतिक विचार नभएर सत्ता प्राप्तिको माध्यम मात्रै भएको उल्लेख गरे ।

‘यो कुनै विचारको गठबन्धन नै होइन, काँग्रेस, माओवादी र समाजवादीको के विचार मिल्छ, मिल्दैन, तैपनि गठबन्धन भएको छ’ उनले भने,‘जनताको लागि केही गर्छौ भनेपछि विचारको हुन्थ्यो, सत्ताका लागि बनाएपछि यसरी मिलेका छन् ।’

पाँच दशकदेखि राजनीतिमा सक्रिय खत्री २०४३ को निर्वाचनमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका हुन् । त्यस अघि उनले दुई पटक तत्कालिन चाँदनी गाउँ पञ्चायतको प्रधानपञ्चल भएका थिए ।

बहुदल आएपछि २०४८ र २०५६ मा निर्वाचन लडेका उनी दुबै चुनाव दोस्रो भएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चनपुर ३ ख बाट प्रदेश सभा सदस्यका लागि खत्री सिफारिश गरिएका छन् ।

कञ्चनपुर ३ मा एमालेसिति चुनावी तालमेल हुने सम्भावना बढेपछि खत्रीले चुनाव नलड्ने मनस्थिति बनाएका छन् । ‘तालमेलको कुरा पनि छ, अर्काेतिर शारीरिक अवस्था पनि साथ दिने खालेको छैन’ उनले भने,‘चुनाव लड्नै परे त मै फेरि भारी भै हाल्छु ।’

७४ वर्षिय खत्रीले २०७० मा चुनाव लड्न चाहे पनि टिकट नपाएपछि पछि हटेका थिए । राष्ट्रिय पञ्चायत सदस्यमा दोधारा चाँदनीका ७५ प्रतिशत मत पाएका उनी वासिन्दामा बलियो पकड भएका नेताका रुपमा परिचित छन् ।

नेता खत्रीले विकास निर्माणका कार्य हुँदै आए पनि जनताको अपेक्षा अनुसार नभएको बताए । ‘जसरी मैले पञ्चायत सदस्य जितेपछि तीन चार वर्षको अवधिमा विकास अघि बढाएको थिए, त्यस बेलाको तुलनामा अहिले चाहे अनुसार भएको पाइदैन’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...