ghar sansar

सत्तारुढ गठबन्धनबाट समाजवादी बाहिरिएपछि नेता थापाले भने– म स्वतन्त्र भएर पनि कञ्चनपुर ३ क मा चुनाव लड्छु

little buddha academy
khasi

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका नेता लोकबिक्रम थापाले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्य चुनाव लड्ने भएका छन् । सत्तारुढ गठबन्धनमा सीट बाँडफाँटमा सहमति हुन नसकेर समाजवादी बाहिरिएपछि नेता थापाले प्रदेश सभा सदस्य चुनाव लड्न लागेका हुन् ।

समाजवादीबाट उनी निर्वाचन क्षेत्र ३ क मा प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएका छन् । सत्तारुढ गठबन्धनमा ३ क समाजवादीलाई दिने सहमति भएपछि थापा र अर्का नेता प्रकाश रावलले अन्तिमसम्म प्रयास गरेका थिए ।

,orning glory badhai

सत्तारुढ काँग्रेस र सत्ता साझेदार माओवादीबीच समाजवादीलाई नदिएर माओवादी केन्द्रका नेता टेकेन्द्र प्रसाद भट्टलाई चुनाव लडाउन सहमति भएपछि समाजवादी गठबन्धनबाट बाहिरिएको छ ।

dirghayi clinic

‘अब समाजवादीलाई गठबन्धनमा भाग नदिने कुरा पनि सुन्न थालिएको छ, म आज महेन्द्रनगर फर्किदैछु’ उनले भने,‘मैले ३ क मा पार्टीले टिकट पार्टी र नदिए पनि स्वतन्त्र उम्मेदवारी दिएर पनि चुनाव लड्छु’ उनले भने ।
प्रदेश सभा सदस्यको टिकटका लागि सिफारिश भएपछि थापा शीर्ष नेतृत्वलाई दबाव दिन काठमाडौ गएका हुन् । उनी आज गृह नगर महेन्द्रनगर फर्किन लागेका छन् ।

एमाले छाडेर समाजवादी भएका थापा एमालेमा पूराना नेतामा पर्छन् । स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा अन्तिमसम्म दावी गरेका उनी गठबन्धन नभएपछि पछि हटेका थिए । एमालेमा वर्षौसम्म सक्रिय भएर पनि अवसर नपाएका उनले यस पटक समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई जसरी पनि उम्मेदवार बनाउन दबाव दिएका थिए ।

एकीकृत समाजवादी कञ्चनपुरका उप सचिव राजेन्द्र पाण्डेयले पनि गठबन्धनमा सहमति नभएपछि समाजवादीले सबै क्षेत्रमा उम्मेदवार लडाउने संकेत गरेका छन् ।

‘हिजोसम्म एक खालको कुरा थियो, आज अर्कै भाको छ, परिस्थिति यही हुन्छ भन्न सकिने अवस्था छैन’ उनले भने,‘बाहिर आए जस्तो पनि हुन सक्छ, त्यसो भए सबै क्षेत्रमा उम्मेदवार खडा गर्छौ ।’

Himal dental
सम्बन्धित
Loading...