कञ्चनपुर ३ ख मा काँग्रेसका जिल्ला सह सचिव साउँद पनि छन् बलिया दाबेदार

महेन्द्रनगर । सत्तारु गठबन्धनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा काँग्रेसका दुई नेता बलिया दाबेदार देखिएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधि बेल बहादुर राना र काँग्रेस कञ्चनपुरका जिल्ला सह सचिव नाफू सिह साउँद प्रदेश सभा सदस्यका लागि बलिया दाबेदारका रुपमा हेरिएका छन् ।

काँग्रेसको १४ औं महाधिवेशनबाट राना महाधिवेशन प्रतिनिधि र साउँद उप सचिव निर्वाचित भएका हुन् । उनीहरु दुबै जना यस अघि स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयरका दाबेदार पनि थिए । राना अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका नेता मान बहादुर सुनारसित प्रदेश सभा सदस्यमा पराजित भएका थिए ।

janjyoti campus

काँग्रेसले जिल्लाबाट टिकटका लागि सिफारिश गरेपछि उनीहरु दुबैले नेताहरुलाई दबाव दिएका छन् । जिल्लाबाट सिफारिश भएका ६ जनामध्ये उनीहरु दुई जना टिकटका लागि बलियो दाबेदारका रुपमा हेरिएको काँग्रेसका नेताहरु बताउँछन् ।

एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट सर्वसम्मत टिकटका लागि सिफारिश भएपछि साउदलाई उम्मेदवार बनाउनु पर्ने मत थप बलियो देखिएको नेताहरु बताउँछन् । साउँदले क्षेत्रीय र पारिवारिक दुबै मत बढी तान्न सक्ने भएकाले उनलाई टिकट पनि पनि नेताहरुमाथि दबाव बढेको छ ।

काँग्रेसभित्र विष्टलाई टक्कर दिन साउँदलाई चुनाव लडाउन काँग्रेसका उम्मेदवार रमेश लेखकलाई दबाव दिने गरिएको छ । नेता लेखक पनि विष्टसित साउँदलाई चुनाव लडाउन अस्वीकार गर्ने अवस्थामा नभएको नेताहरु बताउँछन् ।

काँग्रेस नेता साउँदले पनि पार्टीले आफूलाई टिकट दिनेमा विश्वस्त भएको बताए । ‘पार्टीले यस पटक मलाई टिकट दिन्छ भन्नेमा विश्वस्त छु’ उनले भने ।

काँग्रेसमा उप सचिव साउँद र राना लेखक समूहका नेता हुन् । काँग्रेस संस्थापन इतरका राना अहिले लेखक समूहमा छन् । अघिल्लो निर्वाचन हारेका कारण रानालाई पनि चुनाव लडाउनु पर्ने बाध्यतामा काँग्रेस पुगेको छ ।

काँग्रेसमा प्रदेश सभा सदस्य निर्वाचन दोधारा चाँदनीका नेतालाई लडाउने निश्चित छ । त्यसका लागि राना र साउँदलाई टिकटका लागि काँग्रेसभित्र दबाव दिन थालिएको छ । सत्तारुढ गठबन्धनमा सीट बाँडफाँट सहमति हुन नसकेर समाजवादी बाहिरिएपछि उनीहरु दुबैले चुनाव लड्ने सम्भावना सकिएको छ ।

सत्तारुढ गठबन्धनमा समाजवादीको निर्वाचन क्षेत्र नं. ३ क र नेकपा माओवादी केन्द्रले ३ ख मा दावी थियो । गठबन्धनमा ३ क माओवादी र ख काँग्रेसलाई दिने सहमति भएपछि दुबै जना चुनाव लड्न नसक्ने अवस्थामा पुगेका हुन् । यस अघि उनीहरु दुबैले टिकट पाउने निश्चित भएको भन्दै प्रचार गरिएको थियो ।

सत्तारुढ गठबन्धनमा प्रतिनिधि सभा सदस्यमा काँग्रेसका रमेश लेखकलाई दिएर प्रदेशमा समाजवादी र माओवादी चुनाव लड्न सहमति भएको बाहिर आएको थियो । प्रदेश सभा सदस्यमा रावल र सुनारलाई उम्मेदवार बनाउन लेखक पनि सहमति भएको नेताहरुको भनाई थियो ।

ghar sansar
सम्बन्धित
Loading...