ghar sansar

कञ्चनपुरका तीनै क्षेत्रमा निर्वाचन अधिकृत कार्यालय स्थापना

महेन्द्रनगर । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि तीन ओटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालय र दुई निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् ।

निर्वाचन क्षेत्र नं. १ को निर्वाचन अधिकृत कार्यालय बेलौरी, निर्वाचन क्षेत्र नं. २ को शुक्लाफाँटा झलारी र ३ को भीमदत्त नगर महेन्द्रनगरमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ ।

lotus institite

निर्वाचन क्षेत्र नं. १को बेलौरी नगरपालिका ६पुरानो भवन, २को शुक्लाफाँटा नगरपालिका ४कालिका मावि असैनाको भवन र ३को भीत्तदत्त नगरपालिका ४ महेन्द्रनगर जिसस कञ्चनपुर हलमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका छन् ।

daimond public

कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार जयन्ती अवस्थीले भीमदत्त नगरपालिका ४ महेन्द्रगर स्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित क्षेत्र नम्बर ३को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बताईन ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्याल, मुख्य निर्वाचन अधिकृत धुव्र प्रशाद शाह, निर्वाचन अधिकारी उदयराज जोशी सहितका सुरक्षा निकायका प्रमुखको उपस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र १मा कृष्ण प्रशाद नेपाल, २ मा मोहनी प्रशाद जोशी सहितका अधिकारीको उपस्थिति रहेको थियो । कञ्चनपुर जिल्ला अदालतका न्यायाधिश धुव्र कुमार शाहलाई निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको जिम्मेबारी दिएको छ ।

उपसचिवद्वय मोहन प्रशाद जोशीलाई क्षेत्र २को निर्वाचन अधिकृत र कृष्ण प्रशाद नेपाललाई क्षेत्र १को निर्वाचन अधिकृतको जिम्मेबारी दिईएको छ ।

यस पटक निर्वाचन अधिकृतको कार्यालय पनि सम्बन्धीत क्षेत्रको भूगोलमा खोलिएका छन । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा कानुन अनुरुप निर्वाचन गराउने अधिकारीले प्रतिबद्धता जाहेर गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...