एमालेमा प्रतिनिधि सभा सदस्यका दाबेदार थापा र सिह प्रदेशमा झरे, निर्वाचन क्षेत्र ३ क राप्रपाका जोशी उम्मेदवार

महेन्द्रनगर । नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य टिकटका लागि सिफारिश दुई नेता प्रदेश सभा सदस्य चुनाव लड्न लागेका छन् ।

एमाले नेताहरुका अनुसार प्रतिनिधि सभा सदस्यमा सिफारिश बीर बहादुर थापा र बचन बहादुर सिहलाई प्रदेश सभा सदस्यको टिकट दिन लागिएको हो । उनीहरुमध्ये थापा निर्वाचन क्षेत्र नं. १ र सिह क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको टिकटका लागि सिफारिश गरिएका थिए ।

janjyoti campus

एमालेले निर्वाचन क्षेत्र नं. २ बाट सिफारिश सिहलाई प्रदेश सभा क बाट उम्मेदवार बनाउन लागेको छ । उनी राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष हुन् । यस क्षेत्रमा जयराज पाण्डेय र टेक बहादुर हमाल बलियोको बलियो दाबेदारी थियो ।

निर्वाचन क्षेत्र नं. २ मा एमालेबाट सिह सहित निवर्तमान साँसद नर बहादुर धामी र दिलसरा खत्री सिफारिश गरिएका थिए । निवर्तमान साँसद धामी फेरि चुनाव लड्ने भएका छन् । उनी एमाले केन्द्रीय सदस्य तथा कञ्चनपुर सह इन्चार्ज हुन् ।

निर्वाचन क्षेत्र नं. १ बाट सिफारिश थापा प्रदेश सभा क मा उम्मेदवार हुन लागेका छन् । एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र अध्यक्ष दामोदर भण्डारीले अन्तिमसम्म थापालाई संघको टिकट दिन अध्यक्ष केपी शर्मा ओलीलाई दबाव दिए ।

अध्यक्ष ओलीलाई सहमत गराउन नसकेपछि थापालाई प्रदेश सभा सदस्य उम्मेदवार बनाउन लागिएको हो । अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीबाट फर्किएका तारालामा तामाङ्गलाई प्रतिनिधि सभा सदस्यमा टिकट दिएका छन् । उनी भदौमा एमाले फर्किएका थिए ।

प्रतिनिधि सभा सदस्यका लागि तामाङ्ग, थापा, खेम सुवेदी र सुशिला खत्रीको नाम सिफारिश गरिएको थियो । उनीहरुमध्ये थापा र तामाङ्ग प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने चर्चा थियो ।

प्रतिनिधि सभा सदस्यका सुवेदीलाई पनि प्रदेश सभा ख बाट चुनाव लडाउने सम्भावना देखिएको थियो । अहिले प्रदेश सभा ख बाट एमाले जिल्ला कमिटी सचिव पल्लवराज भट्ट चुनाव लड्ने भएका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ ख मा एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट चुनाव लड्ने भएका छन् । उनी सर्वसम्मत सिफारिश गरिएका छन् । प्रतिनिधि सभामा निरुदेवी पाल लड्ने भएकी छन् । पाल र निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टको नाम सिफारिश गरिएको थियो ।

प्रदेश सभा क मा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सघाउने भएको छ । त्यस क्षेत्रमा राप्रपाका धर्मराज जोशी उम्मेदवार हुने भएका छन् । राप्रपाले एमालेलाई अन्य क्षेत्रमा सहयोग गर्ने सहमति भएको छ ।

ghar sansar
सम्बन्धित
Loading...