सत्ता गठबन्धनको अपमानपछि आक्रोशित देखियो समाजवादी,  चौतर्फी असन्तुष्टि, उम्मेदवारी दिने तयारी  

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ताले पार्टीलाई अपमानजनक रुपमा बाहिर राखिपछि सत्ता गठबन्धनसित आक्रोश पोख्न थालेका छन् । समाजादीका केही नेताले सत्ता गठबन्धनको अपमान विरुद्ध चुनावी मैदनमा होमिन समेत चेतावनी दिएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विना मगरलाई जिताउन समाजवादीलाई गठबन्धबाट बाहिर राखिएको छ । निवर्तमान साँसद मगरलाई जिताउन प्रदेशका दुबै क्षेत्रमा काँगे्रसका उम्मेदवार चुनाव लड्न लागेका छन् । समाजवादीलाई बाहिर राख्दा काँग्रेसलाई पनि प्रदेश सभामा आफ्नो एक सीट बढाउन सहयोग पुग्ने चाहना देखिएको छ ।

deepak

सत्ता गठबन्धनबाट चुनाव तयारीमा लागि सकेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश र र पूर्व सामाजिक विकास मन्त्री लाल बहादुर खड्का उम्मेदवारी दिने मनस्थितिमा पुगि सकेका छन् । उनीहरु निकट स्रोतका अनुसार गठबन्धन अपमानजक रुपमा बाहिर आउन बाध्य भएपछि उनीहरुले उम्मेदवारी दर्ताका लागि छलफल गरि सकेका छन् ।

खड्का कञ्चनपुर इन्चार्ज र रावल सह इन्चार्ज हुन् । रावल प्रदेश सभा ३ क र खड्का निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका आकाँक्षी थिए । प्रतिनिधि सभा सदस्यका आकाँक्षी खड्काले अन्मिमा प्रदेश सभामा दोहो¥याउने चाहना राखेका थिए ।

समाजवादीका नेता खेम भण्डारीले कञ्चनपुर ३ मा गठबन्धनका उम्मेदवार रमेश लेखक फेरि चुनाव हार्ने ठोकुवा गरेका छन् । उनले फेसबुकमा लेखकले हार्ने उल्लेख गरेका छन् ।

‘यस पटक कञ्चनपुर ३ मा रमेश लेखक डयाङ खाने देख्दैछु म । तपाई नि ?’ उनले फेसबुकमा लेखेका छन् ।

समाजवादी सत्ता गठबन्धनबाट बाहिरिए अन्य नेता कार्यकर्ताले आक्रोश पोखेका छन् । समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले पनि फेसबुकमा भाग खोसिएपछि मतदान गर्दा विचार गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।

समाजवादीका केही कार्यकर्ताले भने एमालेलाई मत दिनु पर्ने अपील गरेका छन् । गठबन्धनबाट भाग नपाएर  टिकट नपाएपछि समाजवादीका नेता लोकबिक्रम थापाले पार्टी छाडेका छन् ।

सम्बन्धित
Loading...