ghar sansar

कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जोशीले दिए कञ्चनपुर ३ क मा स्वतन्त्राट उम्मेदवारी

महेन्द्रनगर । कञ्चनुर उद्योग बाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् । काँग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित जोशीले स्वतन्त्रबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका हुन् । 

चार महिना अघि उनी बाणिज्य संघको अध्यक्ष निर्वाचित भएका हुन् । सुदूरपश्चिम प्रदेशमा छोटो समयमा प्रतिष्ठि व्यवसायीको पहिचान बनाएकी उनले निजी क्षेत्रका समस्या समाधान गरी औद्योगिक र व्यवसायिक क्षेत्रको विकासका लागि उम्मेदवारी दिएको बताए ।

mantra hos123

‘निजी क्षेत्रको नेतृत्व गर्दा मैले के पाए मझौला उद्योगका धेरै समस्या छन्, ती समस्या समाधानका लागि नीति निर्माण तहमा नपुगेर हल गर्न सकिदैन’ उनले भने,‘त्यस कारण म प्रदेश सभा सदस्यमा उम्मेदवारीमा दिएको छु ।’

जिल्ला समन्वय समितिमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अध्यक्ष जोशीले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

Himal dental
सम्बन्धित
Loading...