ghar sansar

कञ्चनपुर ३ मा रमेश लेखक विरुद्ध अधिकारकर्मी चन्दले दिइन् स्वतन्त्र उम्मेदवारी

महेन्द्रनगर । काँग्रेसको महाधिवेशन प्रतिनिधि छाडेर अधिकारकर्मी शारदा चन्दले कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयमा अधिकारकर्मी चन्दले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।

काँग्रेस छाडेपछि उनले कञ्चनपुर ३ मा काँग्रेसका पूर्व मन्त्री रमेश लेखक विरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी थिइन्् । त्यसपछि चुनावी प्रचार थालेकी उनले मंसिर ४ गतेका लागि स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।

काँग्रेसका केन्द्रीय सदस्य लेखकले सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराउन लागेका छन् । स्वतन्त्र उम्मेदवार भएकी चन्द पार्टी छाड्न अघि लेखक समूहमा थिइन् ।

Himal dental
सम्बन्धित
Loading...