
महेन्द्रनगर । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दिपक बहादुर सिहले कञ्चनपुर क्षेत्र नं. ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् । मुख्या निर्वाचन अधिकृत कार्यालयमा सिहले उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् ।
काँग्रेसमा लामो समयदेखि सिह १४ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि भएका हुन् । उनी उम्मेदवारी दर्ताका लागि दुई दिन अघि महेन्द्रनगर आएका थिए ।
सिहले प्रदेश सभा सदस्यमा टिकट मागेका थिए । काँग्रेसले टिकट नदिने भएपछि उनी स्वतन्त्र उम्मेदवार भएका छन् । स्थानीय तह निर्वाचनमा वडा सदस्यको टिकट नपाएका उनका दाई प्रकाश बहादुर सिह काँग्रेस छाडेर काँग्रेस विपीमा गई सकेका छन् ।
उनले जिल्ला समन्वय समितिका प्रमुखका लागि भीनपा ४ बाट वडा सदस्यको टिकट मागेका थिए ।
