कञ्चनपुर २ मा सत्तारुढ गठबन्धनको उम्मेदवारी दर्ता, प्रतिनिधि सभामा साउँद र प्रदेशमा थापा र भाट उम्मेदवार

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा सत्तारुढ गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । झलारीस्थित निर्वाचन अधिकृत कार्यालयमा उनीहरुले उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभामा काँग्रेसका एनपी साउँदले उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस केन्द्रीय सदस्य उनी सातौ पटक पटक चुनाव लड्न लागेका छन् । उनी २०५१ देखि सबै निर्वाचन लड्दै आएका छन् ।

प्रदेश सभा क मा काँग्रेसका बहादुर सिह थापा र ख मा माओवादी केन्द्रका ओमबिक्रम भाट सरलले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सदस्य भाटको उम्मेदवारीका कारण माओवादीभित्र असन्तुष्टि बढेको छ ।

काँग्रेस र माओवादी केन्द्र दुबै पार्टी एक साथ निर्वाचन कार्यालयमा आएका छन् । सत्तारुढ गठबन्धनबाट बाहिरिएपछि नेकपा एकीकृत समाजवादीले भने छुट्टै उम्मेदवारी दर्ता गर्न लागेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.