ghar sansar

यस कारण लड्दै छन् एमाले अध्यक्ष विष्ट प्रदेश सभा ख मा चुनाव, भन्छन्– खैरभट्टी कुतियाकवर अभियान चलाउँछु

dirghayu ad

महेन्द्रनगर । एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट कञ्चनपुर ३ ख बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर उनी एमालेबाट प्रदेश सभा सदस्य टिकटका लागि सर्वसम्मत सिफारिश भएका हुन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिबाट आएका उनी तीन दशक बढी समयदेखि एमाले राजनीतिमा छन् । उनी एमालेको आठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । अध्यक्ष विष्ट एमालेमा पार्टीभित्र र बाहिर दुबैतिर बलियो पकड भएको नेताका रुपमा परिचित छन् ।

ratnam malkhad

प्रदेश सभा सदस्यमा विष्टसित सत्तारुढ गठबन्धनबाट काँग्रेसका बेल बहादुर राना चुनावी मैदानमा आएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधि राना दोधारा चाँदनीका वासिन्दा हुन् । उनी यस अघि २०७४ मा चुनाव लडेर माओवादी केन्द्रका मान बहादुर सुनारसित पराजित भएका थिए ।

प्रदेश सभा सदस्यका ५ उम्मेदवारमध्ये भीमदत्त नगरपालिका विष्ट मात्रै एक्लै उम्मेदवार छन् । राना सहित अन्य चार उम्मेदवार दोधारा चाँदनीका छन् । एमाले उम्मेदवार विष्टले उम्मेदवारी दर्तापछि आइतबार साँझ पत्रकार सम्मेलनमा आफ्नो प्रदेश सभा सदस्य उम्मेदवारीबारे जानकारी गराएका छन् ।

‘म २०७४ मा मेयर लड्दा खल्ला, मुसेट्टी जति दुर्गम थियो, त्यसले मलाई छोएको थियो, अहिले कुतियाकवरले छोयो’ उनले भने,‘सशस्त्र द्वन्द्वका घर जलेको पीडा देखेको छु, मान्छेका समस्या देखेको छु, बाढी पीडितको अवस्था सबैले देखेकै छौ, त्यस कारण केही गर्न सकिन्छ भनेर चुनाव लडेको छु ।’

उम्मेदवार विष्टले आफूले निर्वाचित भएपछि गर्ने अभियानबारे समेत संक्षिप्त जानकारी दिए । उनले भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई बलियो रुपमा एक अर्कासित जोड्न कुतियावर खैरभट्टी अभियान चलाउने योजना सुनाएका छन् ।

प्रदेश सभा ख मा भीमदत्त नगरपालिका १० र दोधारा चाँदनी नगरपालिकाका १० वडा गरी १७ वडा छन् । महाकाली नदीको बाढी, डुबान कटान नियन्त्रण, सुनाहा जाति सूचीकरण लगायतका विकास निर्माणका लागि दिर्घकालिन योजना बनाएर अघि बढाइने उनले बताए ।

‘यो पटक म केही गरौ भनेर जनतामा जाँदैछु । यी काम गर्न भनेर फेरि पटक पटक जाँदैनौ, एक पटक पाएपछि भनेको काम गर्छौ’ उनले भने,‘केही नगरी एकै मान्छे कति आउँछ भन्ने जनतामा पार्दैनौ ।’

प्रदेश सभा सदस्य उम्मेदवार विष्टले यस अघि भीमदत्त नगरपालिकामा पाँच वर्षे कार्यकालमा स्थानीय चुनावी प्रंतिवद्धता अनुसार काम गरेका छन् । उनले उत्तरी क्षेत्रमा जैविक धार्मिक मार्ग र दक्षिण क्षेत्रमा शुक्लाफाँटा पर्यटन मार्ग निर्माण गरी भीमदत्तमा बाह्य र भित्री चक्रपथ बानाउने कार्य थालनी गरेका थिए ।

भीमदत्तका सबै वडामा वडा कार्यालय भवन बनाएका उनले प्राविधिक शिक्षाका लागि महाकाली बहुप्राविधिक शिक्षालय समेत सञ्चालनमा ल्याएका छन् । यातायात सुविधा नपुगको भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टीमा उनी निर्वाचित भएको केही महिनामै गाडी सञ्चालन गरिएको थियो ।

दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हुन नसकेकोमा विष्टले चिन्ता देखाएका छन् । उनले क्याम्पसलाई आंगिक बनाएर दोधारा चाँदनीको शैक्षिक हब बनाउने योजना उनले सुनाए ।

‘पार्टीगत रुपमा हामीले घोषणा पत्र बनाउँदैछौ, त्यसमा धेरै कुरा आउँछन्’ उनले भने,‘ हामी जे सक्छौ त्यहीं मात्रै घोषणा पत्रमा राख्छौ, नसक्ने कुरा राखेर जनतालाई भ्रममा पार्दैनौ ।’

मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्तापछि एमाले र राप्रपाले साँझ पत्रकार सम्मेलन गरेको थियो । कञ्चनपुर ३ मा एमाले र राप्रपा दुबैले चुनावी तालमेल गरेका छन् । एमालेबाट प्रतिनिधि सभामा निरुदेवी पाल र प्रदेश सभामा विष्ट र राप्रपका धर्मराज जोशी उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...