ghar sansar

एमाले उप सचिव चन्दले राखे उम्मेदवारी फिर्ताका लागि शर्त, भन्छन् –एमालेको उम्मेदवार देखाए म फिर्ता लिन्छु, नत्र मलाई नै सूर्य चुनाव दिनु

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले मतदातासित भेटघाट थालेका छन् ।

एमाले राप्रपाबीच चुनावी तालमेल भएपछि असन्तुष्ट चन्दले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी मंगलबार भीमदत्त नगरपालिका २ मा भेटघाटका लागि गएका छन् ।

Anant bahu travels
dirghayi clinic

उनले उम्मेदवारी फिर्ताका लागि एमालेलाई प्रदेश सभा क मा आफ्नो उम्मेदवार भएको देखाउनु पर्ने शर्त अघि सारेका छन् । ‘म उम्मेदवारी फिर्ता गर्छु, तर त्यसको लागि एमालेले मलाई त्यहाँ एमालेको उम्मेदवार देखाउन पर्छ’ उनले भने,‘नत्र मलाई नै सूर्य चिन्ह दिनु पर्छ ।’

एमालेको उम्मेदवार नदेखाए आफूले कुनै पनि हालमतमा उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् । उनले आफू उम्मेदवारी दर्तापछि भेटघाटमा निस्किएको बताए ।

चन्द यस अघि २०७४ मा पनि स्वतन्त्र उम्मेदवार भएका थिए । उम्मेदवारी फिर्ताको समय घर्किएपछि उनले आफू उम्मेदवार नभएको भन्दै विज्ञप्ति निकालेका थिए ।

Himal dental
सम्बन्धित
Loading...