ghar sansar

सत्ता गठबन्धनलाई आफ्नै नेता कार्यकर्ताको पनि यति डर, भन्यो – प्रचारका लागि वडा बाहिर नजाऊ, फेसबुकमा लाइक कमेन्ट केही नगर

khasi

महेन्द्रनगर । नेपाली काँग्रेसले नेता कार्यकर्तालाई आफ्नो क्षेत्र बाहिर गएर चुनाव प्रचारमा सहभागी हुन रोक लगाएको छ । काँग्रेस कञ्चनपुरले चुनावी प्रचारमा नेता कार्यकर्ताले आफ्नो क्षेत्र छाडेर उम्मेदवार पछि लागेर प्रचारमा सहभागी हुँदा चुनावी वातावरण असहज हुने भएकाले आफ्नो वडा र टोलमा सक्रिय हुन निर्देशन दिएको हो ।

काँग्रेसले मंगलबार विज्ञप्ति जारी आवश्यकता परेमा सचिवालयलाई जानकारी दिएर मात्रै अन्यत्र जान सकिने जानकारी गराएका छन् ।

dirghayi clinic

‘आ आफ्नो टोल वडा छाडेर उम्मेदवारका पछि लाग्ने परम्पराले स्थानीय वासिन्दासंग छलफल, विचार, आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जाने भएकाले आ आफ्नो वडा र टोलमा केन्द्रित भै सक्रिय हुन समस्त नेता कार्यकर्तालाई अनुरोध गरिन्छ’ जिल्ला सचिव भीम भट्टले जारी विज्ञप्तिमा भनिएको छ,‘साथै आवश्यकता परी अन्यत्र वडा क्षेत्रमा जानु पर्नेमा पार्टीको सम्बन्धित सचिवालयलाई जानकारी गरी जानु हुन मात्र अनुरोध गरिन्छ ।’

काँग्रेसले विपक्षी दल र उम्मेदवारलाई सहयोग पुग्ने गरी प्रचारका कुनै पनि कार्य नगर्न नेता कार्यकर्तालाई अनुरोध गरेको छ । काँग्रेस र गठबन्धनका उम्मेदवारलाई असर पर्ने गरी अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट नगर्न, लाइक नगर्न विज्ञप्तिमा आग्रह गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...