एमाले नेता जोशीले हाँक्दै छन् कञ्चनपुर ३ मा एमाले राप्रपा गठबन्धनको चुनाव कमाण्ड,प्रदेशमा अवस्थी र कँडेललाई जिम्मेवारी

महेन्द्रनगर । नेकपा एमालेले कञ्चनपुर क्षेत्र नं. ३ मा प्रमानन्द जोशीलाई निर्वाचन परिचालनको जिम्मेववारी दिएको छ । राप्रपासित चुनावी तालमेल गरी चुनावी मैदानमा गएको एमालले निर्वाचन परिचालनका लागि सचिवालय गठन गरी नेताहरुलाई जिम्मेवारी दिएको हो । निर्वाचन परिचालन सचिवालयको जिम्मेवारी जोशीले पाएका हुन् ।

भीमदत्त नगरपालिका १० का निवर्तमान वडा अध्यक्ष जोशी एमालेको प्रदेश सभा क का संयोजक हुन् । उनले यस अघि कञ्चनपुर क्षेत्र नं. ३ मा संयोजक भएर पार्टी जिम्मेवारी वहन गरि सकेका छन् ।

janjyoti campus

एमाले जिल्ला कमिटी सदस्य जनकराज अवस्थीले क र विष्णु प्रसाद कँडेलले ख प्रदेश सभामा निर्वाचन परिचालन कमिटीमा नेतृत्व पाएका छन् । उनीहरुमा कँडेल प्रदेश सभा ख का सह संयोजक र अवस्थी भीनपा ६ का वडा इन्चार्ज हुन् ।

एमालेको सुदूरपश्चिम प्रदेश कमिटीका सदस्य तेज बहादुर चन्दले आर्थिक परिचालन समितिको जिम्मेवारी पाएका छन् । प्रदेश कमिटी सदस्य महेश पन्त र रविन्द्र देवकोटालाई मोर्चा संगठन परिचालनको जिम्मेवारी दिइएको छ । त्यसमा पन्त समन्वकर्ता र देवकोटा संयोजक भएका छन् ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हिरा चन्दले पेशागत संगठन समन्वयकर्ताको जिम्मेवारी पाएका छन् । यसको संयोजनको जिम्मेवारी जगतबल्लभ जोशीलाई दिएको छ । एमालेका नेता नर बहादुर विकलाई प्रतिवद्धता तयारी समन्वय कमिटीको जिम्मेवारी दिइएको छ ।

एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य विष्णु अवस्थीलाई प्रचार सामाग्री उत्पादन कमिटीमा समन्वयकर्ता र कार्यालय सचिव अर्जुन कार्की संयोजक भएका छन् ।

निर्वाचन परिचालन कमिटी सहितका सबै समितिमा राप्रपाका नेता कार्यकर्तालाई पनि सहभागी हुने भएका छन् । त्यसका लागि राप्रपासित नामावली दिन आग्रह गरिएको एमाले कार्यालय सचिव अर्जुन कार्कीले बताए ।

ghar sansar
सम्बन्धित
Loading...