
महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका उप सचिव कर्ण बहादुर चन्दले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् । उनले बुधबार मुख्य निर्वाचन अधिकृत कार्यालय गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
कञ्चनपुर क्षेत्र नं. ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल भएपछि चन्दले निर्वाचन क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेले चन्दलाई उम्मेदवारी दर्तापछि फिर्ता लिन निर्देशन दिएको थियो ।

मुख्या निर्वाचन अधिकृत कार्यालयमा चन्दले फिर्ता लिँदा एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, सचिवालय सदस्य मोहनदेव पन्त लगायतका नेता सहभागी भएका छन् । विष्ट प्रदेश सभा सदस्य ख मा उम्मेदवार छन् ।
