ghar sansar

कञ्चनपुर ३ क मा जोशीको उम्मेदवारी फिर्ता गराउने काँग्रेसका सबै प्रयास विफल, जोशीले लिएनन उम्मेदवारी फिर्ता

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ क मा प्रदेश सभा सदस्यका उम्मेदवार पिताम्बर जोशीको उम्मेदवारी फिर्ता गराउन काँग्रेस नेताका प्रयास निरर्थक भएका छन् । काँग्रेस छाडेर प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएपछि उनको उम्मेदवारी फिर्ता गराउन काँग्रेस केन्द्रीय पदाधिकारी सहित नेताबाट फिर्ताका लागि दबाव आएको थियो ।

काँग्रेस स्रोतका अनुसार जोशीलाई उम्मेदवारी फिर्ता लागि महामन्त्री गगन थापा, नेता शेखर कोइराला, केन्द्रीय सदस्य रमेश लेखक, जिल्ला सभापति पदम बोगटी लगायतले नेताले आग्रह गरेका छन् । उनी ती सबै नेताको आग्रह अस्वीकार गरी प्रदेश सभा सदस्य चुनाव लड्न मैदानमा गएका छन् ।

,orning glory badhai

काँग्रेस केन्द्रीय सदस्य लेखकले जोशीलाई भेटेर आफूलाई अप्ठेरो पर्ने भएकाले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जोशीले लेखकलाई आफ्नो उम्मेदवारीले केही नपर्ने जवाफ लेखकलाई दिएका छन् । काँग्रेसको १४ औं महाधिवेशन लडेका उनी कञ्चनपुर उद्योग बाणिज्य संघमा निर्वाचित भएर प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएका छन् ।

dirghayi clinic

‘नेताहरुले मलाई फिर्ताका लागि सुरुदेखि आग्रह गर्दै आएका छन्, दबाव पनि आए’ उनले भने,‘मैले फिर्ता लिने भनेर उम्मेदवारी दिएको होइन, त्यसैले फिर्ता लिएन ।’

प्रदेश सभा सदस्य जोशीले आफूले स्वतन्त्र भएर उम्मेदवारी दिएकाले पार्टीको आग्रहलाई मान्न बाध्य नभएको बताए ।
काँग्रेसका उम्मेदवार लेखकलले बुधबार पनि जोशीलाई उम्मेदवारी फिर्ताका लागि आग्रह गरेका छन् । उनले काँग्रेस जिल्ला सभापति बोगटीलाई पनि फिर्ताका लागि पहल गर्न लगाएका छन् ।

कञ्चनपुर ३ क मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्ट चुनावी मैदानमा छन् । एमाले राप्रपा गठबन्धनबाट राप्रपाका धर्मराज जोशी उम्मेदवार भएका छन् ।

दुई प्रमुख दलका नेता चुनावी मैदानमा नभएपछि जोशी स्वतन्त्र रुपमा चुनाव जित्नेमा आशावादी बनेका छन् । उनी चुनावी घोषणा पत्र बनाएर सबै मतदाताका घरदैलोमा जाने गरी तयारीमा लागेका छन् ।काँ

Himal dental
सम्बन्धित
Loading...