ghar sansar

कुमालले पाए लालटिन चुनाव चिन्ह

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार भीम कुमालले लालटिन चुनाव चिन्ह पाएका छन् । यस अघि स्थानीय तह निर्वाचनमा दोधारा चाँदनी नगरपालिकाको मेयरमा स्वतन्त्र लडेका उनलाई निर्वाचन आयोगले लालटिन चुनाव चिन्ह दिएको छ ।

नेकपा माओवादी केन्द्र छाडेर दोधारा चाँदनीमा स्वतन्त्र चुनाव लडेका थिए । स्वतन्त्र समूह बनाएका उनले दोधारा चाँदनीका सबै वडामा उम्मेदवार खडा गरेका थिए ।

ratnam malkhad

माओवादी केन्द्रमा नगर कमिटीको नेतृत्वमा विवाद बढेपछि कुमाल पार्टी छाडेर स्वतन्त्र भएका थिए । कुमाल र माओवादी नेता भक्त सुनार दुबै नेतृत्वमा दावी नछाडेपछि विवाद भएको थियो ।

माओवादी केन्द्रले सुनारलाई नेतृत्व दिएपछि उनी असन्तुष्ट भएर पार्टी छाड्न पुगेका थिए । स्थानीय तह निर्वाचनमा दुई हजार बढी मत ल्याएका उनी समाजसेवीका रुपमा परिचित छन् ।

Himal dental
सम्बन्धित
Loading...