ghar sansar

कञ्चनपुर ३ क मा स्वतन्त्र उम्मेदवार जोशीले पाए डल्फिन चुनाव चिन्ह

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले डल्फिन चुनाव चिन्ह पाएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जोशी प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएका छन् ।

dirghayi clinic

काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवार भएका उनीसित उम्मेदवारी फिर्ताका लागि अन्तिमसम्म आग्रह गरिएको थियो । उम्मेदवारी फिर्ताका आग्रहलाई अस्वीकार गरेका उनलाई निर्वाचन आयोगले डल्फिन चुनाव चिन्ह दिएको हो ।

,orning glory badhai

‘यो सुदूरपश्चिमका कर्णाली सहितका केही नदीहरुमा मात्रै पाइन्छ, यसको संरक्षण गर्न आवश्यक छ, यो लोपोन्मुख प्रजातिको हो’ उनले भने,‘मैले यो चिन्ह पाउनु एकदमै सुखद हो, मतदाताबाट मैले पनि डल्फिनझैं संरक्षण पाउनेमा विश्वस्त छु ।’

दुई दशकदेखि उद्यम व्यवसायमा सक्रिय जोशी निजी क्षेत्रको प्रतिनिधित्व गरी प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । अन्य दलसितको चुनावी तालमेका कारण प्रदेश सभामा काँग्रेस र एमालेका उम्मेदवार छैन् । ठूला दलका उम्मेदवार नभएपछि उनी चुनाव जित्ने जित्नेमा आशावादी देखिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...