![ghar sansar](https://ebikalpadainik.com/wp-content/uploads/2024/09/ghar-sansar-1.png)
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र १ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार खेम सुवेदीले माछा चुनाव चिन्ह पाएका छन । एमालेबाट टिकट नपाएपछि सुवेदीले बागी उम्मेदवारी दिएका हुन् ।
![daimond public](https://ebikalpadainik.com/wp-content/uploads/2025/01/hira-chand.jpg)
एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि सुवेदी सहित तारालामा तामाङ्ग र बीर बहादुर थापा सिफारिश भएका थिए । उनीहरुमध्ये तामाङ्ग प्रतिनिधि सभा सदस्य र थापा प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । सुवेदीलाई पनि अन्तिमसम्म प्रदेश सभा सदस्यको उम्मेदवार बनाउने चर्चा चलेको थियो ।
![lotus institite](https://ebikalpadainik.com/wp-content/uploads/2024/10/lotus-instiute.jpg)
प्रदेश सभा सदस्यमा उम्मेदवार भएका क्षेत्र १ क बाट भक्त बहादुर अधिकारीले बिजुलीको टिम र १ (ख) का टेक बहादुर साउदले लालटिन चुनाव चिन्ह पाएका छन ।
एमाले सुदूरपश्चिम प्रदेश सदस्य तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष समेत रहेका सुवेदीले आफ्नै पार्टीका आधिकारिक उम्मेदवार तारालामा तामाङ्ग बिरुद्धमा बागी उम्मेदवारी दिएका छन ।
![Himal dental](https://ebikalpadainik.com/wp-content/uploads/2024/11/himal-dental.png)