ghar sansar

कञ्चनपुर १ क प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार घिमिरेको उम्मेदवारी फिर्ता, एमालेलाई सहयोग गर्ने प्रतिवद्धता

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार स्थिर प्रसाद घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेबाट टिकट नपाएपछि प्रदेश सभा सदस्य १ क मा स्वतन्त्र उम्मेदवारी दिएका घिमिरेले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनी एमालेबाट प्रदेश सभा सदस्यका लागि सिफारिश गरिएका थिए । एमालेले प्रतिनिधि सभा सदस्यका उम्मेदवार बीर बहादुर थापालाई उम्मेदवार बनाएपछि घिमिरे र भक्तराज अधिकारीले बागी उम्मेदवारी दिएका थिए ।

mahostaw

निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नर बहादुर विकका अनुसार घिमिरे बाहेक अन्य उम्मेदवारले उम्मेदवारी फिर्ता नलिई कामय राखेका छन् ।

घिमिरेले नेकपा एमालेका उम्मेदवारलाई पूर्ण समर्थन गर्ने बताएका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि १० जना र प्रदेश सभा १ को सदस्यका लागि ८ जना तथा प्रदेश सभा २ को सदस्यका लागि ८ जना गरी जम्मा २६ जना चुनावी मैदानमा होमिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...