ghar sansar

दोधारा चाँदनीमा एमालेको नगर स्तरीय भेला, काँग्रेस माओवादीका ९० नेता कार्यकर्ता प्रवेश

khasi

महेन्द्रनगर । दोधारा चाँदनीमा सत्तारुढ गठबन्धन आवद्ध काँग्रेस र माओवादी केन्द्रका नेता कार्यकर्ता पार्टी छाडेर एमाले प्रवेश गरेका छन् । एमालेको दोधारा चाँदनी नगर स्तरीय कार्यकर्ता भेलामा उनीहरु एमाले प्रवेश गरेका छन् ।

dirghayi clinic

एमाले नेताहरुका अनुसार काँग्रेंस, नेकपा माओवादी केन्द्र सहित अन्य दलका गरी ९० नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरुलाई फूलमाला लगाई खादा ओढाएर सम्मान गरिएको छ ।

नगर स्तरी कार्यकर्ता भेलामा कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, एमाले पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य चिनी गिरी, टोप बहादुर खत्री, जिल्ला सल्लाहकार परिषद् संयोजक हिरालाल थापा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, राप्रपाका नेता तथा पूर्व साँसद इन्द्र बहादुर खत्री, एमाले दोधारा चाँदनी नगर ईन्चार्ज राजिव खड्का, नगर अध्यक्ष हरिसिंह धनाडी, जिल्ला कमिटी सदस्य खिमा चन्द लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदसय निर्वाचनलाई लक्षित गरी एमालेल दोधारा चाँदनी नगरपालिकामा नगर स्तरीय भेला आयोजना गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...