दोधारा । दोधारा चाँदनी नगरपालिकामा नेकपा एमालेले नगर स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ् । नेकपा एमालेको दोधारा चाँदनी नगरपालिकामा संचालन भएको नगर स्तरिय भेलाले राजिव खड्काको संयोजकत्वमा ५ सय ५५ सदस्यीय नगर स्तरिय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
यस्तै दोधारा चाँदनी नगरपालिकाका पुर्व उपमेयर तथा नेकपा एमालेका प्रदेश कमिटि सदस्य चिनी गिरी ओझाको सयोजकत्वमा नगर स्तरिय निर्वाचन अनुगमन समिति गठन गरिएको छ् ।
नगर स्तरिय निर्वाचन अनुगमन समितिमा एमाले प्रदेश कमिटि सदस्य टोप बहादुर खत्री, एमाले जिल्ला सल्लाहकार परिषद् संयोजक हिरालाल थापा छन् ।
भेलामा नेपाली काग्रेंस, नेकपा माओबादी लगाएत दल परित्याग गरि झण्डै ९० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रबेश गरेका छन् । अन्य दल परित्याग गरि एमालेमा प्रबेश भएका नेता तथा कार्यकर्ताहरुलाई अबिर माला सहित दोसल्ला ओढाएर स्वागत गरिएको छ ।