ghar sansar

बैतडीमा काँग्रेसका बागीलाई कारवाही, पार्टी सदस्यता समेत खारेज

महेन्द्रनगर । बैतडीमा नेपाली कांग्रेसले बागी उम्मेदवारलाई कारवाही गरेको छ । पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनका उम्मेदवार विरुद्ध ‘बागी’ दिएपछि उनीहरुलाई कारवाही गरिएको छ ।

पार्टीको निर्णय विरुद्ध ‘बागी’उम्मेदवारी दिएका बैतडीका दुई जना कारवाहीमा परेका नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । गठबन्धन र पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका महासमिति सदस्य केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।

mahostaw

दुवै जना उम्मेदवारका प्रस्तावक र समर्थकलाई पनि कारवाही हुने जिल्ला सचिव चन्दले बताए । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसेर प्रस्तावक र समर्थकलाई कारवाही गरिने चन्दले बताए ।

नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि रहेका केशवबहादुर चन्दले गठबन्धनका उम्मेदवार विरुद्ध प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

बैतडीमा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार भएपनि उनका विरुद्ध चन्दले उम्मेदवारी दिएका छन् ।

यस्तै प्रदेश सभा क्षेत्र (क) मा प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसले पार्टी उपसभापति बीरबहादुर बिष्टलाई उम्मेदवार बनाएपनि उनका विरुद्ध हरिमोहन भण्डारीले उम्मेदवारी दिएका छन् ।

पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध बागी उठेपछि कारवाही गरिएको बैतडी कांग्रेसले जनाएको छ । दुवै जना पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासनमा परेको सचिव चन्दले बताए ।

पार्टीका आधिकारिक उम्मेदवारलाई मात्रै सहयोग गर्न पार्टी पंक्तिलाई समेत निर्देशन गरिएको सचिव चन्दले बताए ।

Himal dental
सम्बन्धित
Loading...