महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनका काँग्रेस र माओवादीले चुनावी प्रचारमा सबै संगठन परिचालन गर्ने भएका छन् । सत्तारुढ गठबन्धनको बिहीबार बेलौरीमा बसेको बैठकमा गठबन्धनका सबै उम्मेदवारलाई जिताउन दुबै पार्टीका भातृ संगठन परिचालन गर्ने निर्णय गरिएको छ ।
बैठकबाट दुबै दलका नेता सहभागी गरी निर्वाचन प्रचारप्रसार समिति गठन गरिएको छ । कञ्चनपुर १ मा प्रतिनिधि सभामा माओवादी केन्द्रका विना मगर र प्रदेश सभाका काँग्रेसका दिवान सिह विष्ट र बन्धु राना उम्मेदवार भएका छन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार पूर्व खानेपानी मन्त्री मगरले संविधान रक्षाका लागि गठबन्धनको विजय हुन अनिवार्य रहेको बताइन् ।
काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार दिवान सिँह बिष्टले एकजुट भएर जानुको बिकल्प नरहेको बताए ।
पार्टीबाट टिकट नपाएर बागी उमेद्वार बनेकाहरुले पार्टीको सिद्धान्त बिपरीत काम गरेकाले तिनको मूल्याङ्कन पार्टीले गर्ने बताए ।
गठबन्धनलाई घात हुने किसिमका कुनै पनि गतिबिधि नगर्न सम्पूर्णमा आग्रह समेत गरेका छन् ।
े