ghar sansar

तेल बेच्न बजार नभएपछि किसानले छाडे क्यामोमाइल खेती

dirghayu ad

महेन्द्रनगर । शुक्लफाँटा नगरपालिका ८ बेलडाँडीका किसानले गतिलो आम्दानी हुने क्यामोमाइल खेती गर्न छाडेका छन् । उत्पादित तेलले बजार मूल्य नपाए पछि किसानले खेती गर्न छाडेका हुन् । उत्पादन गर्दा लाग्ने लागत उठ्ने नभएपछि खेती गर्न छाडेको तेजबहादुर चौधरीले बताए।

‘कोभिड संक्रमण फैलिनुभन्दा अघिकादुई वर्ष क्यामोमाईलको प्रशोधित तेलको मूल्य ५३ हजार प्रति किलो थियो’ उनले भने, ‘कोभिडका बेला बजार नै पाउन मुश्किल भयो। त्यसपछि मूल्य घट्दै गएर हाल १० हजार भन्दा कम भएपछि खेती नै गर्न छाडियो।’

ratnam malkhad

किसानले उत्पादन गरेको २५ किलो तेल बिक्री हुन बाँकी छ । जसको बजार मूल्य १२ लाख छ । तीनदेखि १० कठ्ठा जग्गामा किसानले क्यामोमाइल खेती गर्दै आएका छन् ।

‘पहिलो वर्ष १३ जना किसानले क्यामोमाइल खेती गरेका थिए’ प्रगति महिला जडिबुटी प्रशोधन उद्योग समितिका कर्मचारी धर्म बहादुर खड्काले भने, ‘मनग्य आम्दानी हुन थालेपछि त्यसपछि ७० किसानले १८ विगाह जग्गामा खेती गर्दै आएका थिए ।’

हाल उत्पादीत तेल नै बिक्री नहुने भएपछि पहिला झै स्थानिय किसानले क्यामोमाइल लगाउने खेतमा अन्नबाली लगाउन थालेका छन् ।

‘मनग्य आम्दानी हुन थालेपछि भारतमा मजदुरीका जाने युवाहरु गाउँमै यसै खेतीमा संलग्न हुन थालेका थिए’, स्थानीय विष्णु साउदले भने, ‘क्यामोमाइलको तेल नै बिक्री हुन छाडेपछि युवा पहिलाझैँ घर खर्च चलाउनका लागि भारत जान थालेका छन् ।’

क्यामोमाइल प्रशोधन गर्नका लागि जडान गरिएका दुई वटा प्लान्ट समेत प्रयोगविहीन भएका छन्। एक वटा प्लान्ट गैरसरकारी संस्था निड्सको सहयोगमा र अर्को प्रगति महिला जडिबुटी प्रशोधन उद्योग समितिको सहयोगमा जडान गरिएका हुन्। दुवै प्लान्टमा दुई जना कर्मचारीले रोजगारी पाएका थिए ।

‘क्यामोमाइलको उत्पादन नै बन्द भएपछि प्लान्ट बन्द भए, प्लान्ट बन्द भएपछि दुवै जन कर्मचारीको रोजगारी गुम्यो’ स्थानीय राधिका साउदले भनिन्। उद्योगमा जडिबुटी प्रशोधनका लागि समितिले दाउराको व्यवस्था गरे आम्दानीको १५ प्रतिशत र दाउरा किसान आफैँले ल्याए १० प्रतिशत रकम कट्टा गरी समितिको कोषमा जम्मा गर्ने व्यवस्था समेत गरिएको थियो ।

‘कोषमा जम्मा गरिएको रकम बाट उद्योगको मर्मत संभार र कर्मचारीको तलब व्यहोरिने गरेको थियो’ प्रगति महिला सामुदायिक वनका अध्यक्ष अमर बहादुर साउदले भने, ‘क्यामोमाइलसँगै किसानले मेन्था खेती समेत गर्दै आएका थिए । अहिले त्यो खेती समेत छाडेका छन् ।’

सामुदायिक वनमै उत्पादन हुने असारेका पात प्रशोधन गरेर तेल निकाल्ने कार्य समेत अलपत्र परेको छ ।’ बजार नै नपाए पछि किसानले क्यामोमाइल लगायतको जडिबुटी खेती गर्न छाडेको उनकोे भनाइ छ ।

उद्योग समितिले घुम्ती कोष सञ्चालन गरी जडिबुटी खेतीमा संलग्न किसानलाई न्यून व्याज दरमा रकम समेत उपलव्ध गराउने व्यवस्था गरेको छ ।

कोषमा प्रगति महिला सामुदायिक वनको रु १३ लाख र निड्सले उपलव्ध गराएको एक लाख गरी रु १४ लाख रकम छ। जडिबुटी खेती गर्न किसानले छाडेपछि कोषमै रकम थन्किएको छ ।

Himal dental
सम्बन्धित
Loading...