एमाले उम्मेदवार विष्टले फेरि सोधे – विकासप्रेमीले महेन्द्रनगर स्मार्ट सिटीको योजना किन काटेको त ?

महेन्द्रनगर । एमाले उम्मेदवारले महेन्द्रनगरलाई स्मार्ट सिटी बनाउने योजना कटौती गरिएकोमा सत्ता गठबन्धन सरकारसित फेरि असन्तुष्टि पोखेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको स्मार्ट सिटी योजना गठबन्धन सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट हटाइएको थियो ।

काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वमा सरकार बनेपछि लेखक सरकारको नीति तथा कार्यक्रम समितिमा बसेका थिए । योजना हटेपछि एमाले नताहरु गठबन्धन सरकारसित असन्तुष्टि पोख्दै आएका छन् ।

janjyoti campus

एमालेका कञ्चनपुर क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले बिहीबार एमालेको भीमदत्त नगर स्तरीय कार्यकर्ता भेलामा योजना कटौतीमा फेरि असन्तुष्टि व्यक्त गरेका छन् ।

महेन्द्रनगर स्मार्ट सिटी योजना कटौती हुँदा उनी भीमदत्त नगरपालिकाका मेयर थिए । एमाले अध्यक्ष ओलीसम्म पहल गरी उनले स्मार्ट सिटी योजना ल्याएका थिए ।

‘तत्कालिन हाम्रो पार्टीको सरकारले महेन्द्रनगरलाई स्मार्ट सिटी बनाउने योजना छनौट गरेको थियो, आफूलाई विकासपे्रमीे भन्ने त्यसमा पनि देउवा नजिकाले महेन्द्रनगर स्मार्ट सिटी बनाउने योजना किन काटेको’ उनले भने ।

बजेट समेत सुनिश्चत भई सकेको स्मार्ट सिटीको योजना कटौती गरी भीमदत्तलाई समृद्ध नगर बनाउने चाहनामा कुठाराघात गरिएको उनको भनाई थियो ।

केपी ओली नेतृत्वको अघिल्लो मन्त्रीपरिषद्को गत चैत २५ गते को बैठकले बजेट सुनिश्चिता सहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो । त्यसमा महेन्द्रनगर पनि समावेश गरिएको थियो ।

प्रत्येक सहरका विकासका लागि वर्षेनी ११ अर्ब रुपैयाँका दरले १२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । सरकारले महेन्द्रनगरलाई स्मार्ट सहर बनाउने लक्ष्य सहित बजेट विनियोजन गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...