स्वतन्त्र समूहका प्रदेश सभा सदस्य उम्मेदवार कुमालले खोले दोधारा चाँदनीमा सम्पर्क कार्यालय, भीमदत्तमा पनि खोलिने
दोधारा । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका उम्मेदवार भीम कुमालले निर्वाचन प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेका छन् ।
कञ्चनपुर ३ ‘ख’ को प्रदेश सभा उम्मेदवारी दिए संगै दोधारा चाँदनी नगरपालिका ४ चाँदनी बजारमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरी राजनीतिक गतिपिधि बढाएका छन् ।
आज चाँदनी नगरपालिका– ४ चाँदनी बजारमा बिधिवत रुपमा स्वतन्त्र समूहको सम्पर्क कार्यालयको उद्घाटन गरिएको उम्मेदवार भिम कुमालले जानकारी दिएका छन् । सम्पर्क कार्यालय स्थापनाको कार्यक्रममा बोल्दै उम्मेदवार भिम कुमालले कञ्चनपुर ३ ‘ख’ को समग्र बिकासको निम्ती आफ्नो उम्मेदवारी रहेको बताए ।
निर्वाचित प्रदेश सभाका सदस्यहरुको कारणनै प्रदेश सभाको खारिजीको माग उठदै गएको बताउँदै उम्मेदवार कुमालले प्रदेश सभामा राम्रा व्यक्ति गएमा प्रदेश सभालाई पनि राम्रो र जनमुखी बनाउन सकिने बताएका छन् । स्थानिय निर्वाचनमा दोधारा चाँदनी नगरपालिकामा मेयर, उपमेयर र सबै वडामा उम्मेदवार उठाएर स्वतन्त्र समूह गठन गरेको दोधारा चाँदनी नगरपालिकामा सामाजसेवीका नाममा परिचित छन् ।
कोरोना संक्रमणको बेला पिडामा रहेका स्थानिय, स्थानिय सरकार, स्थानिय प्रशासन तथा स्वास्थ्यकर्मीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा आर्थिक लगाएत सहयोग गरेका थिए । यस पल्ट संघिय निर्वाचनमा स्वतन्त्र समुहबाट कञ्चनपुर ३ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवारकोरुपमा उम्मदेवारी दिएका छन् ।
स्थानिय निर्वाचनको मत संख्या र जनताहरुको मायाको कारण आफुले यस पटक उम्मेदवारी दिएको बताएका छन् । यस पटक प्रदेश सभामा आफ्नो जित पक्का भएको दाबी गरेका छन् ।
उनि र उनले नेतृत्व गरेको स्वतन्त्र समुह स्थानियहरु संग भेटघाटमा व्यस्त छन् । सम्पर्क कार्यालय उद्धघाटन सत्रमा स्वतन्त्र समुहका नेता भक्त बहादुर सुनार, पार्वती सुनार, शान्ता क्षेत्री लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।