ghar sansar

पीएले टिकट खोसेका मुख्त्रीमन्त्री, पीए भएर टिकट पाएका यी नेता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनका भट्टका स्वकीय शिव ओलीले प्रदेश सभा सदस्य टिकट फुत्काएपछि उनी चर्चामा आएका छन् । प्रदेश सभा सदस्यको टिकटका लागि राजधानी गएर पनि पाउन नसकेका भट्ट पीएका कारण वञ्चित भएका छन् ।

मुख्यमन्त्री भट्टले पीए ओलीलाई जिम्मेवारी बहन गरेपछि नियुक्त गरेका हुन् । ओलीले माओवादीमा नारायणकाजी श्रेष्ठ समूह नजिक भएर मुख्यमन्त्री भट्टको टिकट खोसि दिएका छन् । डोटीमा ओलीले अन्धाधुन्ध योजना वितरण गर्दासम्म मुख्यमन्त्री भट्ट चुप बसेका थिए । अहिले ओलीले नै टिकट खोसि दिएपछि उनी रनभुल्लमा परेका छन् ।

mahostaw

राजनीतिक दलका नेता सत्तामा पुगेपछि उनीहरुका स्वकीय भएका अन्य नेताले पनि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा टिकट पाएका छन् । भट्ट सुदूरपश्चिमका मुख्यमन्त्री भएकाले उनी बढी चर्चामा आएका छन् । सत्तामा भएका नेताका स्वकीय भएर भएर जिम्मेवारी वहन गरि सकेका अन्यले पनि यस पटक टिकट पाएका छन् ।

कैलाली २ मा चुनाव लडेका झपट रावल एमाले नेता भीम रावलका आफन्त हुन् । भीम रावलले एकल सिफारिश हुँदा टिकट नपाएका उनका पूर्व पीए रावल भने दोस्रो पटक चुनावी मैदानीमा गएका छन् । २०७४ मा पूर्व मन्त्री मोहन सिह राठौरलाई टिकट नदिएर उनलाई चुनाव लडाइएको थियो । यस यस पटक उनले टिकट पाएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहरा प्रधानमन्त्री शेर बहादुर देउवाका पूर्व स्वकीय हुन् । डडेल्धुरामा समानुपातिक साँसद उनी मन्त्री भएर डडेल्धुरा क बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता पूर्व मन्त्री विना मगरका स्वकीय दिपक तिमिल्सिना प्रदेश सभा सदस्य टिकटका लागि सिफारिश गरिएका थिए । प्रदेश सभा सदस्यका दुबै टिकट काँग्रेसले लिएपछि उनी उम्मेदवार हुन छुटेका छन् ।

काँग्रेसले दुबै सीट लिएमा तिमिल्सिना उम्मेदवार हुने अन्तिमसम्म अुनमान गरिएको थियो । एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट मन्त्री हुँदासम्म स्वकीय बसेका माओवादी केन्द्रका नेता ओमबिक्रम भाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । भट्टले माओवादी केन्द्र छाडेर एमाले गएपछि माओवादीमा बसेका उनलाई टिकट दिइएको छ ।

उनी माओवादीमा जनयुद्धदेखि भट्टको नजिक थिए । एमाले इन्चार्ज भट्टले अघिल्लो निर्वाचनमा भाटलाई प्रदेश सभा सदस्य उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरेका थिए । भाट र अर्का नेता टेकेन्द्र प्रसाद भट्टबीच सहमति गराउन नसकिएपछि महेशदत्त जोशीलाई उम्मेदवार बनाइएको थियो ।

यस पटक भाट माओवादी केन्द्रीय सदस्य देवीलाल चौधरीको टिकट खोसेर उम्मेदवार भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँदका पूर्व पीए गिरीराज पाण्डेय कञ्चनपुर २ क बाट प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...