ghar sansar

एमाले उम्मेदवार पाल पनि पुगिन भोट माग्दै खेतबारी, भनिन्– महिलाका सबै समस्या थाहा छन, यी समस्या हल गर्न यस पटक मलाई साथ दिनु होस

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य निरुदेवी पालले खेतबारी गएर आफूलाई सहयोग गर्न आग्रह गरेकी छन् । भीमदत्त नगरपालिका २ उल्टाखाममा शनिबार चुनावी भेटघाटका क्रममा उनले खेतबारी गएर किसानसित भेटघाट गरी मत मागेकी छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवारले कञ्चनपुर ३ बाट धान काट्दै गरेका महिलालाई आफूले महिला भएका कारण महिलाका समस्याबारे जानकार भएकाले समाधानका लागि सक्रिय रुपमा लाग्ने बताइन् । उनले कञ्चनपुर ३ बाट अहिलेसम्म महिला निर्वाचित नभएकाले यस पटक आफूलाई अवसर दिनु आग्रह गरिन् ।

ratnam malkhad

उम्मेदवार पालको आग्रहपछि खेतबारीमा धान काट्दै गरेका महिलाले यस अघि दिएको मत सम्मान नभएकाले यस पटक नयाँ र महिला उम्मेदवारलाई आफूहरुको सहयोग हुने बताएको एमालेको प्रदेश निर्वाचन क्षेत्र परिचालन समितिका संयोजक जनकराज अवस्थीले बताए ।

उनका अनुसार पालले आफू २०६५ मा चुनाव लडि सकेको र यस पटक सबै महिला मतदाताको साथ समर्थन पाउनेमा आशावादी रहेको बताएकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...