पञ्चदेब बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरको १५ औं वार्षिक साधारण सभा सम्पन्न

महेन्द्रनगर । पञ्चदेब बहुउद्देश्यीय सहकारी संस्था लि. कञ्चनपुरको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाबाट संस्थाको आगामी वर्षको बजेट सहित कार्यक्रम पारित गरिएको छ ।

सहकारीमा २०७९ असारसम्म दुई हजार दुई सय ९ शेयर सदस्य पुगेका छन् । शेयर सदस्य बढेपछि शेयर पूँजी ३ करोड १४ लाख पुगेको छ ।

सहकारीले असार मसान्तसम्म ९ करोड ४३ लाख बचत र १० करोड ५२ लाख ऋण लगानी गरेको छ । आर्थिक मन्दीका कारण निक्षेप संकलन र ऋण लगानी दुबै सन्तोसजनक हुन नसकेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारण सभाको उद्घाटन सत्रमा प्रस्तुत वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका सबै बन्त्र सत्रबाट पारित गरिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.