ghar sansar

दोधारा चाँदनीमा पतञ्जली योग समिति गठन

dirghayu ad

दोधारा । दोधारा चाादनी नगरपालिकामा नगर स्तरिय पतञ्जली योग समिति गठन गरिएको छ । पतञ्जली योग समिती तदर्थ समिति दोधारा चाँदनीको आयोजनामा आज नगर स्तरिय पतञ्जली योग समिति गठन भएको पतञ्जली योग समितिका महामन्त्री ईन्द्र बहादुर टेरले जानकारी दिएका छन् ।

पतञ्जली योग समिति दोधारा चाँदनी तदर्थ समितिका अध्यक्ष हरिओंम रसाईलीको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा पतञ्जली योग समितिका केन्द्रिय सदस्य योग गुरु लवराज भट्ट, जिल्ला समिति अध्यक्ष योगगुरु दयाकृष्ण जोशी, जिल्ला उपाध्यक्ष योगगुरु धन सिंह बडाल, महाबिद्यालय प्रभारी योग प्रशिक्षक प्रकाश बहादुर चन्द लगायत जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । भेलाले पतञ्जली योग समिति दोधारा चाँदनीको अध्यक्षमा हरिओंम रसाईलीलाई चयन गरेको छ् ।

ratnam malkhad

उपाध्यक्षमा राजेन्द्र सिंह भण्डारी, महामन्त्रीमा ईन्द्र सिंह टेर, कोषाध्यक्षमा आनन्द प्रसाद भट्ट, सदस्यमा केशव खत्री, नाफु सिंह साउँद, राजिव खड्का, महेन्द्र सिंह बिष्ट, कृष्ण सिंह साउँद, मनोज सिंह साउँद, पदम रावल, जगदिश बुढा, नगर विद्यालय प्रभारी पदम सिंह साउँद छन् ।

यस्तै आजको भेलाले पतञ्जली योग दोधारा चाँदनी नगर युवा समिति समेत गठन गरेको छ । नगर युवा समितिका अध्यक्षमा दशरत सिंह साउँद, उपाध्यक्षमा सुरज चन्द, सचिवमा दशरथ भट्ट गरी ५ सदस्यीय युवा कार्य समिति गठन गरिएको छ् ।

पतञ्जली योग दोधारा चाँदनी नगर महिला समितिका अध्यक्षमा खिमा चन्दको अध्यक्षतामा ५ सदस्यीय नगर महिला समिति गठन गरिएको पतञ्जली योग समितिका महामन्त्री ईन्द्र बहादुर टेरले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...