ghar sansar

कृष्णपुरमा ओझा आएपछि के भयो त ?

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले निर्वाचित भएपछि गरिएका काम सार्वजनिक गरेका
छन् । नगरपालिकामा पत्रकार सम्मेलन गरी मेयर ओझाले निर्वाचित भएका १ सय ४५ दिनमा गरेका काम सार्वजनिक गरेका हुन् । काँग्रेस कञ्चनपुरका सचिव ओझा बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।

कृष्णपुर नगरपालिकामा स्वास्थ्य संस्थामा सेवाको गुणस्तरीय बनाइएको बताइएको छ । औसधि , एक्सरे लगायत ल्याब सेवा निस्शुल्क बनाउने देशकै पहिलो नगरपालिका भएको नगर प्रमुख हेमराज ओझाले बताए । एक सय ४५ दिनमा थुप्रै नीतिगत र अन्य प्रशासनिक जनमुखी काम भएको नगर प्रमुख ओझाले बताए । मेयर ओझाले शिक्षा, स्वाथ्य र कृषिलाई प्राथमिकतामा राखेर कामकाज गरेको बताए ।

Anant bahu travels

चालु आर्थिक बर्ष २०७९÷०८०मा १ अर्ब १३ करोड, ९३ लाख बजेट ल्याउँदै कृषि, उद्योग, स्वास्थ्य र पर्यटनलाई मध्य नजर गरी तयार पारेको मेयर ओझाले बताए । गुलरियामा रहेको स्वास्थ्य सेवा केन्द्रलाई २४सै घण्टा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक सहित स्वास्थ्यकर्मी प्रबन्धन गरेर आयुर्वेद तर्फ समेत सेवा संचालन गरिएको बताए ।

‘गर्भवती सुत्केरी, बिरामी, असक्त एव आर्थिक रुपमा अति विपन्न नागरिकका लागि कैलाली कञ्चनपुरका अस्पतालमा पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ, ‘मेयर ओझाले भने, ‘वडामा सिफारिसमा आर्थिक रुपमा विपन्नलाई पनि सेवा प्रदान गरेका छौँ ।’

dirghayi clinic

नगरका कुनै नागरिक बिरामी भई रगत आवश्यक भएको खण्डमा निःशुल्क रगत सेवा समेत प्रदान गरिएको छ । बर्थिङ सेन्टरमा निशुल्क २ नम्बर वडामा आधारभूत स्वास्थ्य सेवा संचालन गरिएको छ । नगरका सामुदायिक विद्यालयको सुधार एव शैक्षिक बृद्धिका लागि आवश्यक समस्या अध्ययन गरेर बजेट व्यवस्थापन गरिएको छ ।

कृषि क्षेत्रको विकासका लागि किसान परिचय पत्र वितरण कार्यक्रम शुरु गरिएको बताउदै मेयर ओझाले बिउबिजन अनुदान व्यवस्था गरिएको बताए ।

अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउनका लागि ४ नम्बर वडाबाट जमिन नापजाँच गरिएको छ । १, २ र ९ मा नापी कार्य जारी रहेको रहेको बताउदै मेयर ओझाले ७ र ८ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पत्र पुर्जा दिने कार्यलाई वैधानिकता दिने कार्य गरिएको बताए ।

छाडा पशु चौपाया व्यवस्थापन, शान्ति सुरक्षा, विकास निर्माण, नदी कटानी नियन्त्रण, जंगली जनावर आतङ्ग नियन्त्रण कार्य अघि बढाईएको बताए । ‘कार्यालयको आन्तरिक सुशासनदेखि अन्य सबै योजना आर्थिक मसान्त सकिनु अघि जेठ मसान्तमै सक्ने योजना छ, ‘उनले भने, ‘आन्तरिक सुशासन र दिगो विकासमा म कटिबद्ध छु ।’

मेयर ओझाले नगरपालिकाले चालु आर्थिक बर्षका लागि आन्तरिक आम्दानी बृद्धिका लागि खोला नदी नालाबाट रोयल्टी संकलनका लागि अघिल्लो सरकार भन्दा अहिलेको सरकारले राजस्व बृद्धि गरेको बताउँदै ईबिडिङ्ग मार्फत टेण्डर भएको र कुनै मिलोमतो नभएको दावि गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...