कञ्चनपुर २ क मा चुनाव लड्दै छन् अधिवक्ता उम्मेदवार

महेन्द्रनगर । कञ्चपुर निर्वाचन क्षेत्र नं. २ क बाट २९ बर्षिया गिता चौधरी प्रदेश साँसद बन्ने सपना देखेर नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश साँसदका उम्मेदवार भएकी छन् । नेपाल ल क्याम्पसबाट २५ बर्ष को उमेरमा नै एल एल एम (स्नातकोत्तर) प्रथम श्रेणी पास गरेकी चौधरी अहिले दैनिक मतदाता सँग भोट माग्न व्यस्त छन् । उनले अनेरास्वबियुबाट राजनीति सुरु गरेकी हुन् ।

चौधरी अनेरास्वबियुको इकाइ देखी केन्द्रसम्म, मानवअधिकार एलाइन्सको केन्द्रिय सदस्य हुँदै काठमाण्डौ– कंचनपुर सम्पर्क मंचको उपाध्यक्ष पनि भईन । यस्तै उनको अनुभब थारु विद्यार्थी समाजको केन्द्रिय उपाध्यक्ष, युथ एडभोकेसी नेपालको महासचिव , राष्ट्रिय युवा परीषदको निवर्तमान सदस्य सम्म को पनि छ ।

deepaj

तर त्यतीले मात्रै उनलाई पुगेन र प्रत्यक्ष राजिनितीमा होमिएर साँसद बन्ने सपना देखिन । बिगत देखी महिला, युवा, कमैया ,जनजाती र व्यवसाय को मुद्दा उठाउदै आएकाले त्यो राजनितीबाट मात्रै सम्भब देखेर उम्मेदवार बने,’ उनले भनिन् । भर्करै गठन भएको जेलमा जिबन बिताइरहेका रेशम चौधरी की श्रमती रन्जिता चौधरी अध्यक्ष भएको पार्टीले उनलाई उम्मेदवार बनएको छ ।

’जहिलेदेखी मैले राजनिति गर्न खोजे तिमी सँग संग पैसा कति छ भन्ने प्रश्नले घोचिर हन्थ्यो । तर मैले धेरै राजनिति शास्त्र अध्यन गरे, जसमा कहिल्यै पैसाको कुरा देखिन,’ उनले भनिन,’ त्यसो भए हेरौ न त अनुभब नै गरौ भन्ने लागेर चुनाव मा होमिएको हुँं । अझ धेरैले तिमी सानै छौ अझै करिएर बनाउ भन्ने सुझाब पनि आए । तर मैले विश्व राजनिति को समाचारहरु पढ्दा मेरो उमेर त पाको भई सकेको पाए र सोचे यही हो सहि समय जनता सामु जाने ।’

उनले थारु महिला भएर समानुपातिकमा बस्नु पर्ने दबाब पनि आएको बताईन । ’तिमी थारु अनि महिला किन प्रत्यक्षमा जाने समानुपातिक पाइहाल्छौ नि भन्ने पनि धेरै थिए तर परिबर्तन आफैले गर्नु पर्छ भन्ने लाग्यो । म प्रत्यक्ष लडन सक्षम छु भन्ने पनि लाग्यो । समानुपातिक भनेको जसको लागी हुनु पर्ने हो त्यसले कहिल्यै पाएन तर मैले आफेलै त्यता नजाने भनेर समानुपातिकको बाटो रोजिन ,’ उनले भनिन् ।

Mishra

उनी अहिले १८ महिनाको बच्चा श्रीमानको जिम्मा लगाएर चुनावी प्रचारमा खटिएकी छन् । उनलाई परिवारबाट पनिसाथ सहयोग पाएकी छन् । पार्टी नयाँ भएकाले संगठन पनि बनाउनु पर्ने मतदातालाई उम्मेदवार भएर भोट् माग्नु पर्ने हुँदा अली बढि प्रेसर भएको उनको भनाई छ । उनले ठूला पार्टीमा युबालाई सहजै टिकट दिने अबस्था अझै नभएर उन्मुक्ति पार्टी रोजेको बताईन् ।

’म ठुलो पार्टीमा बसेर सायद बुढो भएपछि मात्रै टिकट पाउँथे होला.’ उनले भनिन्,’ त्यसैले मैले गर्दै आएको मुद्दा पनि मिल्ने र म जस्तो युवा लाई अगाडी बढाउने पार्टी उन्मुक्ती भएकाले सोही पार्टी रोजे।’ उनले आफ्नो चुनावको मुद्दा पनि युबाहरु लक्षित नै रहेको बताईन् ।’

आफ्नो पहिचान , सांस्कृतिक पहिचानको अधिकार प्राप्ती का निमित्त, विश्वमा भईरहेको मुद्दा र स्थानिय मुद्दा लाई साम्बोधन गर्न मेरो चाहाना पनि छ । जस्तै क्लाइमेट चेन्ज, दिगो विकास, महिला र युवा को नेतृत्व स्थापित गर्नका निमित्त र युथ ब्रेनडेन रोक्न का लागी पनि मेरो उम्मेदवारी हो ,’ उनले भनिन ।

उनले थप भनिन्,’ म उम्मेदवारको हैसियतले धेरै गर्न नसकुँला तर म शुशासन , सदाचार, भष्ट्राचारप्रति निर्मम ढंगले संसदमा प्रस्तुत हुनेछु । सदाचारीलाई पुरष्कृत, भष्ट्राचारीलाई दण्डित गरिनुपर्ने माग जोडदार रुपमा राख्ने छु ।

प्रदेश भित्रै उद्योगधन्दा, कलकारखान खोली श्रमशक्तिलाई रोजगारी दिने व्यस्थालाई जोड दिनेछु । समाजका रहेका कुरीती, कुसंस्कार, अन्धविश्वास तथा सामाजिक असमानतलाई वैज्ञानिक शिक्षा मार्फत निर्मूलीकरण गर्न पहल गर्नेछु । म आफै भष्ट्राचार नगर्ने र अरुलाई समेत गर्न नदिने नीतिप्रति प्रतिवद्धता व्यक्त गर्दछु ।’

साभार : गोदावरी न्यूज

सम्बन्धित
Loading...