एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य सहित चार नेताले दिए पार्टीबाट राजीनामा

महेन्द्रनगर । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य रामचन्द्र नेपाल सहित नेताहरुले पार्टी छाडेको घोषणा गरेका छन् । उनीहरुले विज्ञप्ति प्रकाशित गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनीहरुमा नेपाल सहित एमाले जिल्ला कमिटी सदस्य पदम प्रशाद शर्मा, जिल्ला कमिटीका पूर्व सल्लाहकार श्यामलाल सुवेदी र शंकर बहादुर केसी छन् । उनीहरुमध्ये राजीनामा दिने नेपाल प्रदेश सभा सदस्य टिकटका दाबेदार हुन् । चारै जनाले एमालेका जिल्ला र केन्द्रीय कमिटीमा राजीनामा पत्रको बोधार्थ पठाएका छन् ।

deepak

एमालेले प्रतिनिधि सभा सदस्यमा तारालामा तामाङ्ग र प्रदेश सभा सदस्यमा बीर बहादुर थापा र पल्लवराज भट्टलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधि सभाका सदस्यका दाबेदार थापालाई प्रदेश सभा सदस्यमा उम्मेदवार बनाएपछि एमालेभित्र असन्तुष्टि बढेको हो ।

थापाको क्षेत्रबाट राजीनामा दिने नेपाल सहित भक्त अधिकारी, स्थिर प्रसाद घिमिरे आकाँक्षी थिए । उनीहरुमध्ये अधिकारी र घिमिरे दुबै बागी उम्मेदवार दिएका थिए । घिमिरेरे उम्मेदवारी फिर्ता लिएका छन् ।

सम्बन्धित
Loading...