ghar sansar

सत्ता गठबन्धनका उम्मेदवार गठबन्धनको औचित्य पुष्टि गर्नु पर्ने बाध्यतामा, भीनपा १८ को जनज्योति टोलमा पुगेर भने– संविधान रक्षाका लागि गठबन्धन गरिएको हो

महेन्द्रनगर । सत्तारुढ गठबन्धनका उम्मेदवार सोमबार भीमदत्त नगरपालिका १८ जनज्योती टोल पुगेका छन् । गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक, प्रदेश सभा सदस्य उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट र बेल बहादुर राना चुनाव प्रचार गरेका छन् ।

उनीहरु सत्ता गठबन्धनको औचित्य पुष्टि गर्न टोल टोलमा गएका छन् । जनज्योती टोलमा आयोजित कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३का प्रतिनिधी सभा सदस्य उम्मेदवार रमेश लेखकले संविधानको रक्षा र व्यवस्था जोगाउनका लागि बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताए ।

लेखकले संविधानका साथै व्यवस्था र दिगो विकास सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...