Sarsoti

बैतडीमा सत्ता गठबन्धनले बनायो प्रदेश निर्वाचन परिचालन समिति

lotus institute

महेन्द्रनगर । सत्ता गठबन्धनले बैतडीमा प्रदेश सभा निर्वाचन क्षेत्रका दुबै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ । दुवै क्षेत्रमा सोमबार सम्पन्न भएको गठबन्धनको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर (ख) क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए ।

बैतडी क्षेत्र नं (ख) मा नेपाली कांग्रेसका क्षेत्रीय सभापति शिवराज भट्टको नेतृत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ ।

morning glory
Mahendranagar

प्रदेशसभा स्तरीय मूल निर्वाचन परिचालन समिति समेत गठन भएको सचिव क्षेत्रीले बताए । यस्तै क्षेत्र नम्बर (ख)को हकमा उम्मेदवारको सचिवालय देहीमाण्डौंमा राख्ने र धनबहादुर क्षेत्रीको संयोजकत्वमा सूचना र समन्वय समिति गठन गर्ने निर्णय भएको छ ।

यस्तै लोकतान्त्रिक बाम गठबन्धनको प्रदेश सभा क्षेत्र नम्बर (क) को बैठक पाटनमा सम्पन्न भएको छ । पाटनमा सम्पन्न भएको बैठकले पनि संयुक्त निर्वाचन परिचालन समितिहरु गठन गरेको नेपाली कांग्रेसका कोषाध्यक्ष चक्रबहादुर चन्दले जानकारी दिए ।

दुवै ठाउँमा सम्पन्न बैठकमा गठबन्धनका तर्फबाट संघीय सांसदका उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर), प्रदेश सभा क्षेत्र नम्बर (क) का उम्मेदवार बिरबहादुर बिष्ट र प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार शिवराज भट्टको उपस्थिती  थियो ।

saark school
सम्बन्धित
Loading...