ghar sansar

सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध प्रचार चुनावी प्रचार नगर्न माओवादी केन्द्रको निर्देशन

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले आफ्ना नेता कार्यकर्तालाई सत्ता गठबन्धन विरुद्ध प्रचारमा नलाग्न निर्देशन दिएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक खेमराज ऐरीले विज्ञप्जित सार्वजनिक गरी सार्वजनिक तथा सामाजिक सञ्जालमा गठबन्धनका उम्मेदवार विरुद्ध भ्रम, घृणा र उत्तेजना फैलाउने अभिव्यक्ति नदिन तथा नगर्न निर्देशन दिएका हुन् ।

,orning glory badhai
dirghayi clinic

‘पार्टीभित्र र वाम लोकतान्त्रिक गठबन्धन दल संगका अन्तर विरोध या कुनै प्रकृतिका असन्तुष्टिका नाममा हामीलाई यो निर्वाचनमा संग्रामबाट पछि हट्ने कुनै छुट छैन’ जिल्ला संयोजक पाण्डेयले प्रेषित विज्ञप्तिमा भनिएको छ,‘त्यसैले कमरेडहरु अहिले नै हाम्रो पार्टी र वाम लोकतान्त्रिक गठबन्धनभित्रका उम्मेदवार विरुद्ध सार्वजनिक तथा सामाजिक सञ्जालमा भ्रम, घृणा र उत्तेजना फैलाउने अभिव्यक्ति नदिन तथा नगर्न हुन यसै सम्पूर्ण पार्टी पंक्तिलाई यसै विज्ञप्ति मार्फत कडाई पूर्वक निर्देशन तथा अपिल गरिन्छ ।’

माओवादी केन्द्रले निर्वाचनमा पार्टीका सबै नेता कार्यकर्तालाई परिचालन हुन आह्वान गरेको छ । ‘अहिले पार्टीका सम्पूर्ण नेता कार्यकर्ता तथा पाटी सदस्य एव सम्पूर्ण जनबर्गिय संगठन, मोर्चाका नेताको मुख्य जिम्मेबारी भनेकै गठबन्धनका सबै उममेदवारका पक्षमा सकृय भएर लाग्नु हो, ‘विज्ञप्तिमा उल्लेख भनिएको छ।

‘वाम लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवारको पक्षमा सकृय भएर लाग्नु र निर्वाचन विजय गराउनु हो ।’ माओवादीले नेता कार्यकर्ताहरुलाई आ–आफ्नो क्षेत्रबाट प्रदेश, नगर, वडा, टोल टोलमा पुर्ण रुपमा खटिएर बहुमतका साथ उममेदवार जिताउने ऐतिहासिक अभिभारा पूरा गर्न आव्हान गरिन्छ ।’

Himal dental
सम्बन्धित
Loading...