ghar sansar

स्थानीय पाठ्यक्रम बनाउँदै दोधारा चाँदनी नगरपालिका, विषय वस्तु खोज्नु सीमा क्षेत्र पुगे मेयर लिम्बु

दोधारा । दोधारा चाँदनी नगरपालिकाको मेयर किशोर कुमार लिम्बु स्थानीय पाठ्यक्रमका लागि विषय वस्तु संकलन गर्न नेपाल भारत सीमा क्षेत्र पुगेका छन् । नगरपालिकाले आधारभूत कक्षा १ देखि ८ कक्षासम्म स्थानिय पाठ्यक्रम बनाउन थालेपछि उनी विषय खोज्नु थालेका छन् ।

अवलोकन क्रममा मेयर लिम्बु सहित शिक्षाविद् श्रीनाथ बराल, पत्रकार पप्पु गुरुङ्ग, सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनी (देबिस्थान) का प्रहरी निरिक्षक प्रविन फु¥याल, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनी (बैलबन्द) का सई प्रेम चन्द, भारतिय सिमा सुरक्षा बल (एसएसबी) का एसआई मदन सिंह रौतेला सहभागी भएका छन् ।

lotus institite

स्थानिय स्तरमा रहेका मूल्यमान्यता, कला संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले स्थानिय पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याउने तयारी भईरहेको मेयर लिम्बुले बताए ।

daimond public

दोधारा चाँदनी नगरपालिका– १ बैलबन्ददेखि सीमा स्तिम्भको अवस्थाको बारेमा अवलोकन गरिएको स्थानिय शिक्षा बिद् श्रीनाथ बरालले बताए ।

खुला सिमाना अवसर र चुनौती बिषय स्थानिय पाठ्यक्रममा समावेश गर्नु पर्ने भएको हुँदा दोधारा चाँदनीको नेपाल–भारतको दशगजा क्षेत्रमा पिल्लरको अवस्थाको बुझ्न अवलोकन गरिएको बताईएको छ् । एक सय पूर्णाङको सो पाठ्यक्रममा स्थानिय संस्कृति, जनजीवन, भूगोल, मौलिक विशेषता, पहिचान लगाएत सम्पूर्ण पक्षलाई समेटेर पुस्तक निर्माण गरिने शिक्षाबिद् बरालले बताए ।

निमार्ण गरिने पुस्तकको नाम ‘हाम्रो दोधारा चाँदनी’ रहने बताईएको छ । स्थानिय पाठ्यक्रम निमार्ण समितिको संयोजकमा शारदा सरस्वती माध्यमिक बिद्यालयका शिक्षक सर्वजित बुढा छन् ।

सदस्यहरुमा जनज्याती माध्यमिक बिद्यालयका श्रीनाथ बराल, लक्ष्मी माध्यमिक बिद्यालयका काशिराम जोशी, कमलशा आधारभुत बिद्यालयका मदन राज गिरी, भानु माध्यमिक बिद्याललयका धर्मराज पण्डित, शंकर पार्वती माध्यमिक बिद्यालयका लक्ष्मी दत्त भट्ट, ओंमकार आधाभुत बिद्यालयका दिपक चन्द्र ओझा, शुदुरपश्चिम स्कुलका प्रभुराज बिष्ट र पशुपती आधारभुत बिद्यालयका गोकुल देब बिष्ट रहेका छन् ।

पाठ्यक्रम भित्र स्थानिय पेशा, व्यवसाय तथा आर्थिक क्रियाकलाप, धर्म, संस्कृति र पर्यटन, मानविय मुल्यमान्यता र कुरितिहरु, स्वास्थ्य, खेलकूद र सडक सचेतना, हाम्रा प्राकृतिक सम्पदाहरु, प्रकोप तथा विपद्, खुला सिमाना अवसर र चुनौती, स्थानिय व्यक्तित्व तथा संघ–संस्थाहरु विषयवस्तु रहने छन् । दोधारा चा“दनी नगरपालिकामा २० संस्थागत २२ सामुदायिक विद्यालय छन् ।

Himal dental
सम्बन्धित
Loading...