ghar sansar

भीमदत्तमा पनि एमाले राप्रपाको संयुक्त प्रचार सुरु, १७ नम्बर वडाबाट थालियो चुनावी घरदैलो

महेन्द्रनगर । नेकपा एमालेका उम्मेदवारले भीमदत्त नगरपालिका १७ बाट घरदैलो सुरु गरेका छन् । एमालेका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवार पार्टीका नेता कार्यकर्ता सहित मंगलबारदेखि भीमदत्तमा घरदैलोमा निस्किएका छन् ।

प्रतिनिधि सभामा एमाले पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर इन्चार्ज निरुदेवी पाल, प्रदेश सभा सभा सदस्यमा एमाले अध्यक्ष सुरेन्द्र विष्ट र धर्मराज जोशी उम्मेदवार छन् । कञ्चनपुर ३ मा एमाले र राप्रपा चुनावी तालमेल गरी चुनावी मैदानमा गएका छन् । प्रतिनििध सभा सदस्यमा एमालेका पाल र प्रदेशका दुईमध्ये क मा राप्रपाका जोशी र ख मा एमालेका विष्ट उम्मेदवार छन् ।

lotus institite
daimond public

एमालेको प्रदेश सभा क निर्वाचन क्षेत्र परिचालक कमिटीका संयोजक जनकराज अवस्थीले उम्मेदवार सहित भीमदत्तमा घरदैलो सुरु गरिएको बताए । ‘आज १७ नम्बरबाट घरदैलो सुरु गरिएको छ, सबै वडामा घरदैलो गर्छाै’ उनले भने ।

भीनपा १७ प्रदेश सभा क मा पर्छ । मंगलबार विहान वडा नं. १७ मा सम्पर्क कार्यालय पनि खोलिएको छ । भीनपा ५ मा पनि चुनाव प्रचारका लागि वडा सम्पर्क कार्यालय खोलिएको संयोकजक अवस्थीले बताए ।

सम्पर्क कार्यालय उद्घाटनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल सहित प्रदेश सभाका उम्मेदवारद्वय विष्ट र जोशी, एमालेका पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल, राप्रपाका केन्द्रीय सदस्य नन्दा जोशी, एमाले नगर अध्यक्ष हिमाल चन्द, राप्रपाका नगर अध्यक्ष करन सिह पाल लगायतका नेता सहभागी भएका छन् ।

चुनावी प्रचार अभियान अन्र्तगत बुधबार भीमदत्त नगरपालिका वडा नं. १ र ३ मा सम्पर्क कार्यालय खोल्ने र घरदैलो कार्यक्रम गरिने संयोजक अवस्थीले बताए । यस अघि दोधारा चाँदनीमा चुनावी घरदैलो सुरु गरिएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...