महेन्द्रनगर । महेन्द्रनगर बजारको गल्ली नं. ४ स्थित रारा होटलमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका ५ का किसन सिह साउँद ६ नम्बर कोठामा मृत भेटिएका हुन् ।
सब्जीमण्डीमा व्यवसाय गर्दै आएका उनी राति होटलमा साथीहरुसंग सुतेको देखिएको छ । साउँदको शवलाई महाकाली प्रादेशिक अस्पतालमा लगिएको छ ।