
पप्पु गुरुङ्ग
दोधारा । माईती नेपालले भारतको राजधानी दिल्लीबाट एक बालकको उद्धार गरेको छ । भारतको राधानी दिल्लीबाट मंगलबार राति बालकलाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले दिल्लीबाट खबर पठाएका छन् । बङ्गलाचुली गाउँपालिका ४, दाङ घर भएका १४ बर्षका (राम बहादुर बुढा (नाउ परिवर्तन गरिएको) बालकको उद्धार गरिएको हो ।
ती बालक करिब डेढ महिना अघि कामको खोजीमा गाउँको साथीसंग भारतको दिल्ली पुगेका हुन् । दिल्लीमा उनी एक रेष्टुरेण्टमा काम गर्दै आएका थिए । केही दिन अघि ती बालक एक्कासी सम्पर्क बिहीन भएपछि बालकका घर परिवार तथा आफन्तजनले खोजी कार्य शुरु गरेका हुन् ।

कहीं कतैबाट पनि बालकको खबर नपाएपछि नसकेपछि बालकका आफन्तले सामाजिक सञ्जाल मार्फत समेत माईती नेपाललाई बालकको खोजी तथा उद्धार कार्यमा सहयोगका लागि आग्रह गरेका थिए । खोजी तथा उद्धारका लागि आग्रह गरिएको २४ घण्टा नबित्दै माईती नेपालले बालकको खोजी तथा उद्धार गर्न सफल भएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।
‘हामीलाई सुरुमा सामाजिक सञ्जाल मार्फत सूचना प्राप्त भयो र त्यस पछि लिखितरुपमै बालकको खोजी तथा उद्धारमा सहयोगका लागि निवेदन प्राप्त भयो । प्राप्त सूचना अनुसार बालक जोखिमपुर्ण अवस्थामा हुनसक्ने सहजै अनुमान गर्न सकिन्थ्यो’ फोन मार्फत माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने, हामीले कुनै बिलम्ब नगरी खोजी कार्य शुरु ग¥यौं ।
भारतीय प्रहरी समेत दिल्लीमा रहेका सबै मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत संघ संस्थालाई सहयोगका लागि आग्रह ग¥यौं र २४ घण्टा नबित्दै बालकको खोजी तथा उद्धार गर्न सफल भयौं ।’
रोजगारको प्रलोभनमा साथीको लहलहैमा पहिलो पटक घर छोडेर दिल्ली पुगेका ती बालक न राम्रोसंग बोल्न सक्छन न राम्रोसंग बुझ्छन सक्ने रहेको कारण पनि खोजी कार्य निकै कठिन र चुनौतीपुर्ण रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए ।
माईती नेपालले सुचना प्राप्त भएको २४ घण्टा भित्रै आफ्नो नेटवर्कको प्रयोग गर्दै स्थानीयबासी र भारतीय प्रहरीको सहयोगमा बालकको उद्धार गर्न सफल भएको बताईएको छ् ।
अहिले बालकलाई दिल्लीमै रहेका उनका अभिभावकको जिम्मा लगाईएको छ । पछिल्लो समय माईती नेपालले भारतका विभिन्न शहरमा बेचबिखनमा परि सकेका वा बेचबिखनको जोखिममा रहेको नेपाली महिला तथा बालबालिकाको एक पछि आर्को धमाधम उद्धार गर्दै आएको छ ।
छ महिनामा मात्रै भारतका दिल्ली, मुम्बई, पुना, कलकत्ता, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाञ्चल,हरियाणा लगाएतका शहर र स्थान बाट १५ जना महिला तथा बालबालिकाको उद्धार गरिसकेको माईती नेपालीको तथ्यांकमा उल्लेख छ ।
