ghar sansar

कञ्चनपुर २ मा मतदाताले नै गर्न थाले साउँदको प्रतिकार, भन्छन् –मेरो घर जाने बाटो पिच भएको छ, एनपी दाई हेर्नु होला, झुटको खेती नगरेको बेस

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एनपी साउँदले एमाले नेतृत्वको सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाएपछि मतदाता प्रतिकारमा उत्रिएका छन् । केहीले प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदलाई विकास गर्न आफ्नो टोलमा आग्रह समेत गरेका छन् ।

कृष्ष्णपुर नगरपालिकाको चुनावी घरदैलोको क्रममा साउँदले एमाले नेतृत्वको सकरार र निवर्तमान साँसद नर बहादुर धामीले विकासको नाममा सिन्को समेत भाँच्न नसकेको आरोप लगाएका थिए ।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार साउँदले चुनावी प्रचारमा आरोप लगाएपछि शुक्लाफाँटा नगरपालिकाका धनञ्जल अवस्थीले आफ्नो घर जाने बाटो कालोपत्रे भएकाले हेर्न आउन आग्रह गरेका छन् । उनले साउँदलाई झुटो प्रचार नगर्न पनि सुझाव दिएका छन् ।

‘मेरो घर जाने बाटो पिच भएको छ, एनपी दाई हेर्नु होला, झुटको खेती नगरेको बेस’ उनले फेसबुकमा भनेका छन् । अघिल्लो निर्वाचनमा एमालेका धामीसित हारेका उनी फेरि धामीसंगै प्रतिस्पर्धामा छन् । कञ्चनपुरमा २०५१ देखि चुनाव लड्दै आएका उनी यस पटक सातौ पटक चुनावी मैदानमा छन् ।

उनी २०५६, २०६४, २०७० र २०७९ मा चुनाव लडेका छन् । २०५६ र २०७० बाहेक सबै निर्वाचनमा उनी पराजित भएका छन् । २०५१ मा कञ्चनपुर ३ मा काँग्रेस बागी भन्दा कम मत आएपछि उनी क्षेत्र छाडेर अन्यत्र गएका हुन् । उनी कञ्चनपुरका सबै निर्वाचन पुगेर चुनाव लडि सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...