ghar sansar

दोधारा चाँदनीमा सत्तारुढ काँग्रेस कार्यकर्ताले दुव्र्यवहार गरेपछि स्वतन्त्र उम्मेदवार चन्दले गुहारिन प्रशासन, सिडिओलाई घट्नाबारे जानकारी दिएर मागिन सुरक्षा

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका सत्तारुढ काँग्रेसका कार्यकर्ताबाट दुव्र्यवहार गरिएकी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार अधिकारकर्मी शारदा चन्दले सुरक्षाका लागि स्थानीय प्रशासनलाई आग्रह गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका ४ स्थित काँग्रेस सम्पर्क कार्यालय नजिक बुधबार चुनावी घरदैलोका क्रममा काँग्रेस दोधारा चाँदनी नगर समितिका सह सचिव रमेश भण्डारी लगायतले उम्मेदवार चन्दमाथि अपशब्द प्रयोग गरी दुव्र्यहावर गरेका हुन् ।

Anant bahu travels

स्वतन्त्र उम्मेदवार चन्दले बिहीबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालललाई घट्नाबारे जानकारी दिएर सुरक्षाका लागि आग्रह गरेकी हुन् । ‘मैले सिडिओ सापलाई मौखिक रुपमा घट्नाबारे जानकारी गराएर सुरक्षाका लागि आग्रह गरेकी छु’ उनले भने,‘वहाँले प्रशासन यसप्रति गम्भीर छ, उम्मेदवारको सुरक्षामा प्रतिवद्ध छौ भन्नु भयो ।’

dirghayi clinic

काँग्रेसको दोधारा चाँदनीका नगर सभापति राजेन्द्र मल्ल सहितका नेता कार्यकर्ता सहित कुराकानी भई रहेका बेलामा नगर सचिव भण्डारीले रमेश लेखकलाई हराउन उम्मेदवार भएको उनलाई दुव्र्यवहार गरेका थिए ।

‘म घरदैलोमा थिए, काँग्रेस पार्टी कार्यालय नजिक पुग्दा नगर सभापति सचिव लगायतका नेतासित कुराकानी हुँदै थियो, त्यहीं बेला एक जना आए, रमेश लेखकलाई हराउन उठिस, महिला भएर बाँचिस, पुरुष भएको अहिले म के गरि दिन्थे, बाँचिस रे’ उनले भनिन्,‘तँ त भन्दै रमेश लेखकलाई हराउन आको, हराएर देखाए भन्यो, १० मिनेटसम्म त्यस्तै भने, पछि सोध्दा ती काँग्रेसका नगर सह सचिव रहेछन् ।’

उम्मेदवार चन्दले काँग्रेसका उम्मेदवार लेखकको निर्देशनमा पनि आफूमाथि दुव्र्यवहार गरिएको आशंका गरेकी छन् । ‘आक्रमण नै गर्न आए जस्तो देखियो, मसित अन्य सहयोगी नभएको भए आक्रमण नै हुन्थ्यो’ उनले भनिन्,‘यो सब सत्ताको आडमा गुण्डागर्दी गर्न खोजिएको जस्तो छ ।’

अढाई दशकदेखि समाजसेवामा सक्रिय चन्द काँग्रेस महाधिवेशन छाडेर छाडेर स्वतन्त्र भएर कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएकी छन् । उनी क्रस खुकुरी चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी छन् । उनी चुनाव घोषणा अघिदेखि नै भेटघाट सुरु गरेकी थिइन् ।

Himal dental
सम्बन्धित
Loading...