ghar sansar

काँग्रेस उम्मेदवार साउँदमाथि खनिए एमाले उम्मेदवार धामी, भने– अमेरिकन नागरिकता खल्तीमा राखेर भोट माग्दै छन्

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार नर बहादुर धामीले कांग्रेसका उम्मेदवार एनपी साउँदले अमेरिकी नागरिकता खल्तिमा राखेर भोट मागि रहेको आरोप लगाएका छन् ।

शुक्लाफाँटा–१ बन्शाहमा बुधवार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले दुई पटक मन्त्री भएर पनि केही गर्न नसकेका साउँद अहिले अमेरिकी नागरिकता खल्तीमा राखेर घरदैलोमा पुगेको बताएका हुन् ।

‘अमेरिकी नागरिकता खल्तिमा राखेर कांग्रेसका उम्मेदवार साउँद अहिले जनताको बीच आइरहेका छन्,उनले भने,आफ्नो श्रीमति बच्चा पाउने बेला उनी अमेरीका गए र त्यही बच्चा पाए,स्थायी बसोवास प्रमाणपत्र उनको हातमा छ ।’

dirghayi clinic

धामीले २०५१ सालदेखि चुनाव लडेर दुई पटक मन्त्री भए पनि केही गर्न नसकेको उनको आरोप थियो । ‘साउँद ५१ सालदेखी चुनाव लड्नु भएको छ । ५१ सालमा चुनाव लड्नु भयो,५६,६४,७०,७४ हुँदै ७९ सालमा पनि उहाँ नै उम्मेदवार भएर आउनु भएको छ । उहाँ के गर्नका लागि, के नवीनता उहाँमा देखा परेको छ,के उहाँमा नयाँ खालको उर्जा आएको छ,’ उनले भने, ‘उहाँमा के नयाँ भिजन छ,यहाँका जनताको भाग्य बदल्ने भिजन के, के नयाँ कुरा फुरेर उहाँ आउनुभयो । मलाई लाग्छ उहाँबाट अब नयाँ कुरा सम्भव छैन ।’

पाँच वर्षमा गरे जत्तिको काम साउँले दुई(दुई पटक मन्त्री हुँदा पनि गर्न नसकेको धामीले बताए । नेकपा एमालले गरेका कामहरु जनतामाझ लैजान उनले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । दुई वर्षको आर्थिक बजेट कोरोना न्यूनीकरण गर्न,जनतालाई कोरोनाबाट जोगाउनतर्फ खर्च भयो,विकास निर्माण सबै ठप्प थिए त्यसका बाबजुत पनि धेरै काम गरेका छौँ,उनले भने ।

धामी २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट धामी निर्वाचित भएका थिए । उनी कांग्रेसका साउँदलाई पराजित गर्दै विजयी भएका हुन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि कञ्चनपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका धामी र कांग्रेसका साउँदबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधि सभाको चुनावी मैदानमा उनीहरु सहित दश जना होमिएका छन् । यस्तै प्रदेश सभा सदस्यका लागिा पनि १८ जना चुनावी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...