
दोधारा । आसन्न प्रदेश तथा प्रतिनिधि सभाका तयारीमा नेकपा एमाले र राप्रपाले दोधारा चाँदनी नगरपालिकामा सक्रियताका साथ जुटेको छ् ।
दोधारा चाँदनी नगरपालिकाको बिभिन्न टोल बस्तीमा स्थानियहरु संग भेट गरि आसन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले र राप्रपाको सयुक्त उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टलाई विजयी गर्न आग्रह गरेका छन् ।

शुक्रबार दोधारा चाँदनी नगरपालिका ९ ढकनाघाटमा एमाले र राप्रपाको संयुक्त उम्मेदवारलाई स्थानीयले फूलमाला तथा अबिरले स्वागत गरेका छन् । कञ्चनपुर क्षेत्र नं. ३ को प्रतिनिधी सभा निर्वाचनमा निरुपाल र (ख) प्रदेश सभाका उम्मेदवारमा सुरेन्द्र बिष्ट नेकपा एमाले र राप्रपाका सयुक्त उम्मेदवार रहेका छन् ।
भेटघाट कार्यक्रममा नेकपा एमाले दोधारा चा“दनीका ईन्चार्ज राजिव खड्का, कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, नेकपा एमाले दोधारा चाँदनी– ९ वडा सभापती तथा वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकाया, नेकपा एमाले दोधारा चाँदनी नगर सचिव गणेश भाट, दोधारा चाँदनी– १ का वडाध्यक्ष तथा राप्रपा क्षेत्रिय अध्यक्ष बिक्रम चन्द, राप्रपा शुदुरपश्चिम प्रदेश प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग लगाएत नेकपा एमाले र राप्रपाका नेता तथा कार्यकर्ता तथा स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।
स्थानियहरुले उम्मेदवार सुरेन्द्र बिष्टलाई फुलमालाले स्वागत गरेका छन् । आसन्न प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र राप्रपाका सयुक्त उम्मेदवार निरुपाल र सुरेन्द्र बिष्टलाई बहुमतले बिजय बनाउन आग्रह गरिएको छ् ।
देशमा समृद्धि र बिकास ल्याउने नेकपा एमाले रहेको भन्दै नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्काले दोधारा चाँदनी नगरपालिकाको स्थानिय निर्वाचनमा नेकपा एमालेलाई बिश्वास गरि जनताले मत दिए जस्तै प्रदेश र प्रतिनिधि निर्वाचनमा जनताले भोट दिएर नेकपा एमाले र राप्रपाको सयुक्त उम्मेदवारलाई बिजय बनाउनेमा आफुहरु ढुक्क भएको बताए ।
